शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रागिरिबाट २ केजी चरेशसहित एकजना पक्राउ

आइतबार, ०४ असोज २०७७, १९ : २१
आइतबार, ०४ असोज २०७७

काठमाडौं । चन्द्रागिरि नगरपालिका–१२ ईन्चाटोलबाट २ केजी चरेशसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।  महानगरीय प्रहरी वृत थानकोटबाट खटिएको टोलीले मकवानपुरको थाहा नगरपालिका–७ पाखुरे घर भएका सुबिन्द्र स्याङ्तानलाई पक्राउ गरेको हो । 

सुराकको आधारमा नियन्त्रणमा लिएर खानतलासी लिँदा उनको साथबाट २ किलो चरेश बरामद गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले बताए ।  शुक्रवार साँझ पक्राउ गरेर उनलाई लागुऔषध नियन्त्रण ऐन–०३३ अनुसार अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । सुबिन्द्र चन्द्रागिरि–१२ मा डेरा लिएर बस्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप