मूसा बन्यो सिंह
जंगल नजिकको आश्रममा एकजना साधु बस्ने गर्थे । एक दिन उनले देखे– एउटा मूसोलाई बिरालोले खेदिरहेको छ । साधुलाई दया लाग्यो । उनले आफ्नो शक्तिले त्यो भागिरहेको मूसोलाई बिरालो बनाइदियो । बिरालो बनेपछि मूसाको ज्यान बच्यो ।
त्यो बिरालो साधुको आश्रममै बस्न थाल्यो ।
एक दिनको कुरा हो, त्यो बिरालोलाई कुकुरले हमला गर्यो । साधुलाई दया लाग्यो । उसले बिरालोलाई पनि कुकुर बनाइदियो ।
एक दिन चाहिँ त्यो कुकुरमाथि सिंहले आक्रमण गर्न खोज्यो । त्यो देखेर हत्तनपत्त साधुले पनि कुकुरलाई सिंह बनाइदियो ।
मूसोबाट बिरालो, कुकुर हुँदै सिंह बनेको यो कुरा सारा गाउँलेलाई थाहा थियो । त्यसैले सबैजना साधुले मूसोलाई सिंह बनाइदिएको भन्दै खिल्ली उडाउँथे । उनीहरु साधुले चाहेमा फेरि मूसो नै बनाइदिन सक्ने भन्दै त्यो सिंहसँग कत्ति पनि डराउँदैनथिए ।
त्यो सुन्दासुन्दा सिंह बनेको मूसोको मनमा गलत विचार पलायो । यो साधु जीवित छउन्जेल सबैले मलाई यसरी नै हेपिबस्नेछ । बरु म यो साधुलाई नै खाइदिन्छु । त्यसपछि त सबैजना मसँग डराउन थाल्नेछन्, मलाई हेप्ने छैनन् ।
सिंह बनेको मूसो साधुलाई खान लम्किए । उनको चालमाल देखेर साधुले थाहा पाइहाले– यसको नियत खराब छ । उनले तुरुन्तै आफ्नो शक्तिले त्यो सिंहलाई मूसो बनाइदिए ।
साधुको दयामायाले मूसो शक्तिशाली बनेको थियो । तर उसले गल्ती गर्यो । ऊ आफूलाई शक्तिशाली बनाइदिने साधुविरुद्ध नै जाइलाग्यो । त्यसैको फल उनी पहिलेकै अवस्थामा झर्नुपर्यो ।
Title Picture: https://encrypted-tbn0.gstatic.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा