शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रिसोर्टमा आउन थाले पाहुना

सोमबार, ०५ असोज २०७७, ०७ : ०२
सोमबार, ०५ असोज २०७७

कोरोना भाइरस संक्रमणबीच सरकारले गत बिहीबारदेखि होटल तथा रेस्टुरेन्ट खोल्न स्वीकृति दिएसँगै यहाँको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पा सञ्चालनमा आयो । संक्रमण बढेसँगै बन्द रहेको रिसोर्टले बिहीबार खुलेकै दिनदेखि सानो आकारमा आन्तरिक पाहुनाको बुकिङ पाएको छ । तीन दिन अवधिमा रिसोर्ट पाहुनाविहीन हुनुपरेको छैन ।  

कोरोना संक्रमणबीच पनि यो रिसोर्टले पाहुना पाउँदा व्यवस्थापन समालेका कर्मचारी दंग छन् । को हुन् त यो बेला रिसोर्टमा बस्न पुग्ने पाहुना ? रिसोर्टका सञ्चालन निर्देशक किरण तुलाधर भन्छन्, ‘स्थानीय (पोखरेली) पाहुना रिसोर्टमा बस्न आइपुगेका छन् । पोखराका चिकित्सक, व्यापारी अहिलेका हाम्रा पाहुना हुन् ।’ लामो समयको बन्दाबन्दीले घरबाहिर निस्कन नपाएका पाहुना यो बेला एक रातका लागि भए पनि घर छाड्ने मौका खोजिरहँदा रिसोर्टमा बस्न आइपुगेको तुलाधरले बताए ।  

‘यो बेला पोखरा छाड्ने र अलि टाढाका होटलमा पुग्ने वातावरण बनिसकेको छैन । त्यही भएर नजिकै र शान्त रिसोर्टमा उनीहरू बस्न आएका छन्,’ उनले भने, ‘सुरुका दुई दिन पोखराका मात्र पाहुना थिए । तेस्रो रातका लागि काठमाडौंका पाहुनाले पनि बुकिङ गरेका छन् ।’ उनका अनुसार निजी सवारीसाधन भएका र अलि खर्च गर्न सक्ने क्षमता राख्ने पाहुना यो बेला पारिवारिक भ्रमणको रूपमा रिसोर्टमा बस्न आइपुगेका छन् । यो समाचार आजको नागरिक दैनिकमा सन्तोष पोखरेलले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप