शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व शान्तिका लागि पहिलो आवश्यकता हो व्यक्ति भित्रको शान्ति

सोमबार, ०५ असोज २०७७, ०८ : ३१
सोमबार, ०५ असोज २०७७

यो वर्षको अन्तरराष्ट्रिय शान्ति दिवसको विषय ‘मिलेर शान्तिको निर्माण’ निकै उपयुक्त छ । शान्ति संघर्ष वा हिंसाको अभावको नाम मात्रै होइन । यो एक सकारात्मक आन्तरिक घटना हो । जब हामी विश्व शान्तिको कुरा गर्छौं, तब हामी एक आवश्यक सत्यलाई बिर्सने गर्छौं । विश्व शान्ति वा बाहिरी शान्ति, व्यक्तिमा स्वयंको शान्ति बिना असम्भव छ ।

आन्तरिक शान्ति, शान्त मन, तीब्र बुद्धि, भावनामा सकारात्मकता र हल्कापन, स्वस्थ शरीर, सदा सेवाका लागि तयार हृदय र हाम्रो व्यवहारमा दयालु भावनालाई इंगित गर्छ ।

नैतिकताको आवश्यकताः

एक शान्तिपूर्ण संसारलाई आकार दिनका लागि नैतिक मूल्यतर्फ बढ्ने समय हो जुन कुनै पनि मानव समाजको आधार हो । नैतिक मूल्य के हो ? अर्को व्यक्तिलाई त्यो नगर्नुहोस् जुन तपाईं आफूमाथि नहोस् भन्ने चाहनुहुन्छ । यदि तपाईं कसैले पनि तपाईंको अभ्यासमा बाधा नपुर्याओस् भन्ने चाहनुहुन्छ भने तपाईंले पनि अरुको अभ्यासमा बाधा नपार्नुहोस् । यदि तपाईंलाई कसैले पनि हानी नगरोस् भन्ने चाहनुहुन्छ भने तपाईं पनि कसैलाई हानी नगर्नुहोस् । हामीले आफ्नो पहिचान स्थापित गरिराख्नुपर्छ र अर्का व्यक्तिको पहिचानको पनि सम्मान गर्नुपर्छ ।

आन्तरिक शान्तिदेखि बाहिरी शान्तिसम्मः

आन्तरिक शान्ति विश्व शान्तिको एक महत्वपूर्ण पाटो हो । यदि मानिसहरु तपाईं भित्रको यो शान्तिपूर्ण स्थानसम्म पहुँच प्राप्त गर्न सक्छन् भने बाहिरी शान्ति एक वास्तविकता बन्न सक्छ । आन्तरिक शान्तिको यो खोजमा संसारको वास्तविक प्रकृतिको ज्ञानले मद्दत गर्न सक्छ । वास्तविक प्रकृतिको ज्ञान भन्नाले सबै कुरा परिवर्तन हुनेछ र सबैकुरा परिवर्तन भइरहेको छ ।

यस्तो जागरुकता कि सबैकुरा एकदिन समाप्त हुनेछ यसले तपाईंलाई  मनको चिन्तात्मक प्रवृत्तिबाट बाहिर निकाल्न सक्छ । अतितमा धेरै कुरा भए, केही सुखद, केही अप्रिय र आज ती सबै बिलाइसकेका छन् । जब तपाईं केही कुरा परिवर्तन भइरहेको र विलिन भइरहेको देख्नुहुन्छ भने तपाईं बलियो, तरपनि कोमल र केन्द्रित बन्नुहुनेछ ।

आत्मालाई विविधता मनपर्छः

यो ग्रहमा एक प्रकारको फल, एक प्रकारका मानिस वा एक प्रकारको पशु मात्रै छैनन् । अतः हामीले आत्माले एकमा सिमित राख्नुहुँदैन । आउनुहोस्, ती सबैलाई आदर, सम्मान र प्रेम गरेर सृजनाको विविधताको आनन्द लिऔं । हामी धेरैजसो ‘धार्मिक सहिष्णुता’ शब्दको प्रयोग गरिरहन्छौं । मलाई लाग्छ कि यो शब्द व्यर्थ भएको छ । तपाईं त्यो व्यक्तिलाई मात्रै सहनुहुन्छ जसलाई तपाईं प्रेम गर्नुहुन्नँ ।

 एक–अर्काको धर्मलाई आफ्नो धर्मजस्तै प्रेम गर्ने बेला आइसकेको छ । एक धर्म यसकारण मात्रै महान छै किनभने त्यो मेरो हो, त्यो के हो यसकारण निकै राम्रो छ । यो बुझाई आध्यात्मिक र धार्मिक प्रकाशमा मानिसहरुको नेतृत्व गरिरहेकामा निहित भए यसले हाम्रो संसारमा चलिरहेको कट्टरतालाई समाप्त गरिदिनेछ ।

 जीवनबारे एक व्यापक दृष्टिलाई समावेश गर्नका लागि हामीले आफूलाई अन्य धर्म र संस्कृतिबारे थोरे शिक्षित गर्न आवश्यक छ । ध्यान र सार्वभौमिक भाइचारबिना, जुन आध्यात्मिकताको सारभूत तत्व हो, धर्म एक बाहिरी कवचको रुपमा मात्रै बस्ने गर्छ ।

हामीले शान्तिको भण्डारको खोज गर्नुहोस्, जो हामी आफैं हौँ । शान्तिपूर्ण मानिसहरु एक शान्तिपूर्ण, सुन्दर संसारको निर्माण गर्नेछन् जहाँ विविधता, दयालुता र सेवाको सम्मान गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप