बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

शिवहरिको ‘लक्का जवान’ चैत्रमा

सोमबार, ०५ असोज २०७७, १२ : ०७
सोमबार, ०५ असोज २०७७

काठमाडौं । हाँस्य कलाकार शिवहरी पौडेलको डेब्यु निर्देशन रहेको फिल्म ‘लक्का जवान’ आगामी चैत्रमा सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।  गत चैत्र २१मा सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म कोरोनाको कहरका कारण रोकिएको थियो ।

प्रदर्शनको वातावरण बने दशैँ, तिहारमा, नत्र चैत्रमा ‘लक्क जवान’ सार्वजनिक प्रदर्शनमा ल्याइने फिल्मका निर्देशक शिवहरि पौडेलले बताए ।
‘हामी फिल्म रेडी गरेर बसेका छौ’ पौडेलले भने ‘प्रदर्शन वातावरण मिल्यो र सुरक्षित हुने महशुस हुनेवितिकै रिलिज गर्छाैँ ।’ फिल्मको अहिले दोर्याएर कलर करेक्सन र मिस्केट केलाउन काम भइरहेको पौडेलले जानकारी दिए ।

केही गीत सार्वजनिकको अलवा प्रसारप्रसार समेत गरेर पनि रिलिज स्थगित भएको फिल्म ‘लक्का जवान’मा किरण केसी, दीलिप रायमाझी, शिवहरि पौडेल, सुरेन्द्र केसी, वर्षा सिवाकोटी, प्रियंका कार्की, राजाराम पौडेल, सलोन बस्नेतलगायतको अभिनय देख्न सकिन्छ ।

किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा सुरेन्द्र केसी र दिपेन्द्र खनिया हुन् । ‘लक्का जवान’ केही पाका उमेरका मानिसहरुको कथाको बिषयमा बनेको कमेडी फिल्म हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप