केन्द्रीय संस्करण

नेपालमै पहिलो पटक फोनबाट ऋण लिने सुविधा सुरु, यसरी पाउन सकिन्छ

person explore access_timeअसोज ५, २०७७ chat_bubble_outline0

काठमाडौं । निजी क्षेत्रको अग्रणी बैंक नबिलले नेपालमै पहिलो पटक फोनबाट लोन (ऋण) लिने सुविधा सुरु गरेको छ । बैंकको तलबी खाताबाहक ग्राहकहरुले आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सक्ने जनाइएको छ ।  बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषताले गर्दा यो अत्यन्तै लोकप्रिय हुनुका साथै ग्राहकको केन्द्र बन्नसक्ने बैंकका प्रमुख कार्यकारी अधिृकत अनिलकेशरी शाहले बताए । उनले भने, ‘नेपालमा पहिलो पटक स्मार्ट बैंक एपमार्फत यति सहज र सरल सुविधा प्रस्तुत गर्न सक्नु गौरबको विषय हो ।’

कसरी पाइन्छ ऋण ?

यो एक नवीनतम डिजिटल सुविधा हो र यो सेवा बैंकले एफ १ सफ्ट इन्टरनेशनलको सहकार्यमा ल्याएको हो । नबिल स्मार्ट बैंकको विश्लेषणात्मक प्रविधिको महत्वपूर्ण भूमिका रहेको यस सेवामार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत खातामा ऋण उपलब्ध गराइन्छ । यो सुबिधा लिन नबिलको स्मार्ट बैंक प्रयोगकर्ता हुनुपर्ने छ भने यस प्रकारको ऋण छोटो अवधिका लागि उपलब्ध रहने छ ।

फोन लोनका विशेषता
ऋण लिन इच्छुक ग्राहकले बैंकको शाखा भ्रमण गर्नुका साथै कुनै कागजी प्रक्रिया बिना नै नबिल बैंकले आफ्नो स्मार्ट बैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्छन् ।
इन्स्ट्यान्ड लोन 
बैंकले सम्पूर्ण प्रक्रिया पूरा गरी तुरुन्त ऋण प्रवाह गर्दछ ।
बिना धितो ऋण 
ग्राहकको बैंकिङ कारोबारसँग निहीत भएकाले कुनै अतिरिक्त धितो आवश्यक नपर्ने
सुक्ष्म ऋण 
यस योजना अन्तर्गत रु एक लाखसम्म ऋणको सुविधा लिन सकिने छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.