शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्याजको कालोबजारी गरेको अभियोगमा दुई जना पक्राउ

सोमबार, ०५ असोज २०७७, १२ : ५५
सोमबार, ०५ असोज २०७७

मोरङ । विराटनगर महानगरपालिका-९ स्थित पसलहरूमा बजार मूल्य भन्दा बढी दर राखी प्याज विक्री गरी कालोबजारी गरेको अभियोगमा २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा विजय कुमार योगेस पसलका संचालक ३८ वर्षीय संजय कुमार गुप्ता र तनिसा ट्रेडर्सका संचालक २९ वर्षीय मुकेश कुमार सहनी रहेका छन् । 

उनीहरूले संचालन गरेका पसलहरूमा प्याजको कालोबजारी गर्दै आएको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार जिल्ला अदालत मोरङबाट ७ दिनको म्याद थप गरी कारवाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप