शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हुन्डाइको दशैँ-तिहार योजना सार्वजनिक

सोमबार, ०५ असोज २०७७, १३ : ४२
सोमबार, ०५ असोज २०७७

काठमाडौं । हुन्डाइ अटोमोवाइल्स नेपालको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरु माझ ‘यसपालिको दशैँ-तिहार वेलकम टु हुम्डाइ परिवार’ योजना ल्याएको छ । यो योजना भोलि मंगलबारदेखि मंसिर ५ गतेसम्म लागु हुनेछ । यो योजना दशैं, तिहार र छठ उत्सव मनाउने लक्ष्यसहित ल्याइएको कम्पनीले जनाएको छ । 

यस योजना अन्तर्गत, ग्राहकहरुले आकर्षक नगद छुटका साथै स्क्र्याच कार्ड मार्फत थप रु. १ लाख सम्मको नगद छुट पाउन सक्नेछन् । त्यसैगरी बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई औरा १ थान र हुन्डाई Grand i10 NIOS  १ थान जित्न सक्नेछन् । त्यसका साथै ग्राहकहरुले १ वर्ष निःशुल्क वीमा पनि पाउनेछन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले कोरोनाको कठिन समयमा स्वास्थ्यकर्मीहरूको समर्पण र अथक सेवालाई ध्यानमा राखी उनीहरुलाई सम्मान स्वरुप “विशेष प्याकेज“ दिने निर्णय पनि गरेको जनाएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभर १३ शोेरुम तथा १७ सर्भिस सेन्टर मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप