बाँकेका अन्सारी ब्राउन सुगरसहित पक्राउ
दाङ । बाँकेका एक व्यक्ति दाङको अमिलियाबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ भट्टी टोल निवासी ३५ वर्षीय महिन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिए ।
विगत तीन चार वर्षयताकै ठुलो परिमाणमा ब्राउन सुगर बरामद गरेको एसपी चन्दको दाबी छ । विशेष सूचनाका आधारमा नेपालगञ्ज पुगेको जिल्लाको प्रहरी टोलीले त्यहाबाट बार्गेनिङ गर्दै अमिलिया ल्याएर ब्राउनसुगरसहित उनलाइ समातेको हो । जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी निरीक्षक राजनकुमार गौतमको नेतृत्वमा गएको प्रहरी टोलीले अन्सारीलाई पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पक्राउ परेका अन्सारीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि बाँके प्रहरीबाट खटिएको टोलीले पनि दाङको घोराहीबाट १० किलो अफिमसहित एक ब्यक्तिलाई पक्राउ गरेको थियो ।. उनी लमही नगरपालिका वडा नं. ९ को अमिलियावाट ३२५ ग्राम प्रतिवन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी सुमित खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कप क्रिकेट : नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य
-
सुप्रिम सहकारी प्रकरण: थुनछेक बहस सकियो
-
१२ बलमा १७ रन बनाउँदै आउट भए करण केसी
-
मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी
-
नेपालले सातौँ विकेट गुमायो, दुई रन बनाउँदै आउट भए सोमपाल
-
अर्धशतक बनाउँदै आउट भए सन्दीप जोरा