बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सांग्रिला डेभलपमेन्ट बैंकको ग्रिन पिन सेवा सञ्चालनमा

सोमबार, ०५ असोज २०७७, १८ : ०३
सोमबार, ०५ असोज २०७७

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रिन पिन सेवा संञ्चालनमा ल्याएको छ । यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकबाट डेबिट कार्ड लिँदा पिनको जानकारी आफ्नो मोबाइलमा पाउन सक्नेछन् । यसबाट कागजबाट लिइने पिन लिन ग्राहकहरु बैंक गइराख्नु नपर्ने र सजिलै आफ्नो मोबाइलबाट डेबिट कार्डको पिन पाउन सक्ने बैंकले जनाएको छ । 

आफ्नो नयाँ कार्ड कुनै पनि सांग्रिला डेभलपमेन्ट बैंकको एटीएममा हाल्ने बित्तिकै बैंकमा दर्ता गरेको मोबाईल नम्बरमा एसएमएस मार्फत ग्रीन पिन प्राप्त सकिने छभने सम्बन्धित ब्यक्तिको मोबाईल नम्बरमै पिन जाने हुँदा यो सेवा पहिले भन्दा अझै सुरक्षित हुने विश्वास बैंकले लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप