शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अत्याधिक रक्तस्रावका कारण सुत्केरीको मृत्यु

सोमबार, ०५ असोज २०७७, १८ : ५९
सोमबार, ०५ असोज २०७७

प्युठान । अत्याधिक रक्तस्रावका कारण प्युठान अस्पताल बिजुवारमा एक सुत्केरीको मृत्यु भएको छ । सुनिलस्मृति गाउँपालिका– २ रोल्पा निवासी २५ वर्षीया  नेत्री सिंहको सुत्केरी भएपछि मृत्यु भएको प्युठान अस्पतालले जनाएको छ ।

आज बिहान २ बजे छोरा जन्माएपछि  रक्तस्रावका कारण बिहान ७ बजे सिंहको मृत्यु भएको अस्पतालका नर्सिङ इञ्चार्ज नेहा थापाले बताइन् । शिशुको स्वास्थ्यमा समेत समस्या देखिएकाले बुटवल रेफर गरिएको उनले जानकारी दिइन् । रोल्पाबाट सुत्केरी गराउनका लागि आइतबार बेलुकी सिंहलाई अस्पताल ल्याइएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप