शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश न. १ मा कोरोना सङ्क्रमित ११९ थपिए

सोमबार, ०५ असोज २०७७, १९ : २३
सोमबार, ०५ असोज २०७७

प्रदेश न.१ मा पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ, सुनसरी र झापाका एक एक महिला छन् । यस प्रदेशमा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

यसैगरी, सोही अवधिमा प्रदेशमा ११९ जना कोरोनाबाट सङ्क्रमित भएका छन् जसमा ५३ महिला र ६६ पुरुष छन् । सङ्क्रमितमा मोरङमा १०५, सुनसरीमा नौ, झापामा दुई, उदयपुर, संखुवासभा र प्रदेश  बाहिरका एकएक जना छन् । 
मन्त्रालयका अनुसार विराटनगरमा पछिल्लो २४ घण्टामा ९७ जना सङक्रमित भएका छन् । सोमध्ये ४३ महिला र ५४ पुरुष छन् । प्रदेशमा हालसम्ममा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या पाँच हजार ६९३ पुगेको छ भने  अहिलेसम्ममा दुई हजार ५५२ जना कोरोनाबाट मुक्त भएर घर फर्किसकेका छन् ।

प्रदेशमा पछिल्लो २४ घण्टामा ९७६ जना सहित हालसम्ममा एक लाख १६ हजार ५५२ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप