शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओखलढुंगामा खुल्न थाले विद्यालय

सोमबार, ०५ असोज २०७७, १९ : ४६
सोमबार, ०५ असोज २०७७

ओखलढुंगा । कोरोना कहरका कारण लामो समय थलिएका ओखलढुंगाका सामुदायिक विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । यस वर्षको शैक्षिक सत्र सुरु भएदेखि बन्द रहेका विद्यालयहरु जनस्वास्थ्य मापदण्डको पालना गर्दै सञ्चालनमा आउन थालेका हुन् ।

जिल्लाको लिखु गाउँपालिका ८ टारकेराबारीमा रहेको जालपा माध्यमिक विद्यालय सोमबार (आजबाट) सञ्चालनमा आएको छ । लामो समयदेखी विद्यालय बन्द हुँदा विद्यार्थीहरुको पठनपाठन प्रभावित बनेको भन्दै जनस्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर बिद्यालय सञ्चालन गरिएको विद्यालयका शिक्षक दिपक घिमिरेले जानकारी दिए ।

जालपा माध्यमिक विद्यालयले विद्यार्थी–विद्यार्थी बीचमा भौतिक दुरी कायम गराएर पठनपाठन सुरु गरेको छ । एउटा बेन्चमा दुईजना विद्यार्थी राखेर उनीहरु बीचमा करिब २ मिटरको दुरी कायम गराई माक्स अनिवार्य गराईएको शिक्षक घिमिरेले जानकारी दिए । उनले लामो समय विद्यालय बन्द हुँदा यसवर्षको शैक्षिक सत्र नै प्रभावित बनेको भन्दै अब विद्यालय सञ्चालन गर्नुपर्ने बताए ।

कोरोना संक्रमणको जोखिमका कारण लामो समय विद्यालय बन्द हुँदा सबैभन्दा बढी यसको मारमा विद्यार्थीहरु परेको भन्दै अब कोरोनसँग सावधानी अपनाएर बिद्यालय सञ्चालन गर्नुको विकल्प नभएको उनको भनाई छ । जिल्लाका अन्य केही स्थानिय तहहरुले पनि क्रमशः बिद्यालय सञ्चालन गर्ने नीति अगाडी सारेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप