शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा अब ब्याक्टेरियाका कारण हज्जारौं बिरामी

मङ्गलबार, ०६ असोज २०७७, ०६ : ४८
मङ्गलबार, ०६ असोज २०७७

एकातिर संसार कोरोनाभाइरसको कहरसँग जुधिरहेको छ जुन चीनको ऊहानबाट संसारभरी फैलिएको थियो अब अर्कोतर्फ चीनको उत्तर पश्चिमी इलाकामा रहेको गेन्सू प्रान्तको लानजोउ शहरमा सयौं मानिसहरु एक नयाँ संक्रमणबाट पीडित भएका छन् ।

यो संक्रमण ब्रूसेलोसिस ब्याक्टेरियाबाट फैलिरहेको छ र ठूलो संख्यामा मानिसहरुलाई पीडित बनाइरहेको छ ।

 चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले गेन्यू प्रान्टको सेन्टर फर डिजिज कन्ट्रोल विभागलाई उद्धृत गर्दै यो ब्याक्टेरियाका कारण करिब ३ हजार २ सय ४५ जना संक्रमित भएको जानकारी दिएको छ ।

गत सोमबार २१ हजार व्यक्तिको परीक्षण गरिएको थियो जसमा सुरुवाती रुपमा ४ हजार ६ सय ४६ व्यक्ति पोजेटिभ देखिएका थिए । यद्यपि, यो संख्या अझै धेरै हुनसक्छ र हाल यो फैलने हो कि भनेर प्रशासन र सर्वसाधारण चिन्तामा छन् ।

पत्रिकाको रिपोर्ट अनुसार ११ सरकारी संस्थालाई निःशुल्क परीक्षण र उपचारका लागि अस्पतालको दर्ता दिइएको छ ।

 के हो ब्रूसेलोसिस र यो कसरी फैलन्छ ?

ब्रुसेलोसिस एक ब्याक्टेरियाले निम्त्याउने रोग हो जुन विशेषगरी गाई, भेडा, बाख्रा, सुँगुर र कुकुरलाई संक्रमित गराउँछ ।

मानिसहरु संक्रमित जनावरको सम्पर्कमा आए उनीहरु पनि संक्रमित हुने सम्भावना छ ।

यस्तै, संक्रमित पशु उत्पादन खाँदा वा हावामा भएको ब्याक्टेरिया सास फेर्दा मानिससम्म पुग्न सक्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार धेरैजसो यो रोग संक्रमित जनावर बिना नै पश्चरीकृत दुध वा पनिरको सेवनले मानिसमा सरिररहेको छ ।

मानिस–मानिसबीच संक्रमण फैलने सम्भावना निकै कम छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार यो रोग संसारका अन्य देशमा पनि देखिएको जानकारी आइरहेको छ ।

यसको उपचार सम्भव छ । औषधीको सिलसिला एक–डेढ महिनासम्म चल्नसक्छ ।

 के हो यसको लक्षण ?

रोगको लक्षण देखिन एक हप्तादेखि २ महिना लाग्नसक्छ । तर धेरैजसो २ देखि ४ हप्ताको बीचमा देखिन्छ ।

 ज्वरो आउनु, पसिना निस्कनु, थकाई लाग्नु, भोक नलाग्नु, टाउनको दुख्नु, तौल घट्नु र मांसपेशीमा दुखाई हुनु यो रोगको मुख्य लक्षण हो ।

कुनै लक्षण लामो समयसम्म रहिरहन सक्छ भने कसैमा यो थोरै समयका लागि देखिन्छ । जस्तै कि पटक–पटक ज्वरो आउनु, जोर्नी दुख्नु, अण्डकोष सुन्निनु, मुटु वा कलेजो सुन्निनु, थकान, डिप्रेसन आदि ।

थुप्रै पटक लक्षण निकै हल्का हुन्छन् ।

चीनमा यो कसरी सुरु भयो ?

यो ब्याक्टेरिया गत वर्ष जुलाई–अगस्टमा एक फ्याक्टिमा भएको चुहावट पछि फैलिएको थियो ।

यो ब्याक्टेरियाको उपचारका लागि बन्ने ब्रूसिला भ्याक्सिनको उत्पादनमा एक्सपाइर भइसकेका किटाणु नाषकको प्रयोग गरिएको थियो जसका कारण ब्याक्टेरियाबाट संक्रमित एरोसोल्स हावामा फैलिएको थियो ।

त्यसपछि यो हावामार्फत् मानिसहरुमा संक्रमण फैलियो र यो रोगको सुरुवात भयो ।

त्यसपछि के कारवाही गरियो ?

न्यूज एजेन्सी एनएनआईले लानजोउ हेल्थ कमिशनलाई उद्धृत गर्दै यो रोग फैलिएको एक महिनापछि प्रान्तीय र म्यूनिसिपल अधिकारीले फ्याक्ट्रिको चुहावटका लागि अनुसन्धान सुरु गरे ।

जनवरीसम्म यो कारखानाको भ्याक्सिन उत्पादनको लाइसेन्स रद्द गरियो ।

कारखानामा कूल सात जनावरको औषधीको अप्रुभल नम्बर रद्द गरियो ।

एएनआईका अनुसार कारखानाले फेब्रुअरीमा सार्वजनिक रुपमा माफी माग्यो र आफूले यो मामिलामा जिम्मेवार आठ व्यक्तिलाई कडा सजाय दिएको जानकारी दियो ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप