शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वुल्भसको पुनरागमन रोक्दै सिटीको विजयी शुरुवात

मङ्गलबार, ०६ असोज २०७७, ०८ : ०४
मङ्गलबार, ०६ असोज २०७७

दोस्रो हाफमा वुल्भ्सको पुनरागमन रोक्दै म्यान्चेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी शुरुवात गरेको छ । सिटीले वुल्भ्सलाई ३–१ गोलअन्तरले हरायो ।

खेलको पहिलो हाफमा सिटीले उत्कृष्ट प्रदर्शन गरेको थियो । केभिन डि ब्रुयनाले खेलको २० औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै सिटीलाई अग्रता दिलाए । फिल फोडेनले ३२ औँ मिनेटमा अग्रता दोब्बर बनाए ।

तर, दोस्रो हाफमा सिटी फितलो देखियो र खेलमा वुल्भ्स हावी भयो । गत सिजन २७ गोल गरेका राउल जिमिनेजले खेलको ७८ औँ मिनेटमा गोल गर्दै वुल्भ्सलाई खेलमा फर्काउने प्रयास गरे ।

तर, गत सिजन सिटीविरुद्ध २–० ले पछि परेको स्थिति उल्टाउँदै ३–२ को जीत हासिल गरेको वुल्भ्सले यो सिजन भने त्यसलाई दोहोर्याउन सकेन । खेलको इन्जुरी समयमा ग्याब्रियल जिसुसले गोल गर्दै सिटीको जीत सुनिश्चित गरे ।

यो सँगै सिटी प्रिमियर लिगको लगातार १० शुरुवाती खेल जित्ने पहिलो टोली बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप