शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मीटूको बात लागेका अनुराग कश्यप ११ वर्षसम्म यौन शोषणका शिकार भए, असफल रहे दुई विवाह, अमिताभलाई समेत छोडेनन्

मङ्गलबार, ०६ असोज २०७७, ०८ : ४५
मङ्गलबार, ०६ असोज २०७७

बलिउड फिल्म निर्माता अनुराग कश्यपमाथि नायिका पायल घोषले मीटूको आरोप लगाएकी छिन् । अनुरागले आफूमाथि लागेको आरोप अस्विकार गरिसकेका छन् तर अनुरागको विवादसँग पुरानो नाता छ । नीजि होस् वा व्यावसायिक अनुराग सधैं चर्चामा छाइरहन्छन् । आउनुहोस्, अनुरागको विवादित जीवनबारे केही जानकारी लिऔंः

अनुरागले निर्देशकको रुपमा आफ्नो करियरको सुरुवात फिल्म ‘पाँच’ बाट गरेका थिए, तर यो फिल्म अहिलेसम्म पनि रिलिज हुन सकेको छैन । त्यसपछि ब्ल्याक फ्राइ डे (२००४), नो स्मोकिङ (२००७), देव डी (२००९), गुलाल (२००९), द गर्ल इन येलो बुट्स (२०११), ग्यांग्स अफ वासेपुर (२०१२) जस्ता भिन्न प्रकारको फिल्म बनाइसकेका छन् ।

अनुरागको फिल्ममा धेरैजसो सामाजिक मुद्दा उठाइन्छन् जसमा ड्रग्स, स्मोक एडिक्सन, चाइल्स एब्यूज, डिप्रेशन र तनाव जस्ता समस्या उठाइन्छन् । धेरै थोरैलाई थाहा होला कि अनुराग आफैं पनि यी समस्यासँग गुज्रिएका छन्, त्यसैले पनि यस्ता विषयलाई छान्छन् ।

वाल्यकालमा भए यौन शोषणको शिकारः

केही वर्ष अघि एक अन्तरवार्तामा उनले आफू वाल्यकालमा यौन शोषको शिकार भएको बताएका थिए । उनले भनेका थिए, ‘म करिब ११ वर्षसम्म शोषित भएँ । यद्यपि, मैले अब ती पुरुषलाई माफी दिइसकेको छु । जब उनले मलाई शोषण गरे तब उनी २२ वर्षका थिए । थुप्रै वर्षपछि उनलाई भेट्दा उनलाई पनि यो कुराको पछुतो भएको थाहा भयो । तर मेरा लागि यो बिर्सनु त्यति सजिलो भएन । तनाव, फ्रस्टेशन र रिसमा नै म मुम्बई आएँ । यहाँ पनि सुरुवाती वर्षमा संघर्ष गरेँ तर डिप्रेशनबाट बाहिर आउन कल्कीले मलाई असाध्यै मद्दत गरिन् ।’

दुई विवाह रह्यो असफलः

अनुरागले पहिलो विवाह आरती बजाजसँग सन् १९९७ मा गरेका थिए तर सन् २००९ मा दुबैको सम्बन्धविच्छेद भयो । यी दुईका आलिया नामकी छोरी हुन् जो १९ वर्ष पुगिसकेकी छिन् । पछि अनुरागले नायिका कल्की केंकलासँग विवाह (२०११) गरे । तर यी दुईको विवाह लामो समयसम्म टिक्न सकेन र सन् २०१५ मा दुबै अलग्गिए ।

४८ वर्षका अनुराग पछिल्लो दुई वर्षदेखि आफूभन्दा २० वर्ष कान्छी शुभ्रा शेट्टीसँग डेट गरेको भन्दै चर्चामा आएका छन् । २७ वर्षकी शुभ्राले सन् २०१४ मा मुम्बईको सेन्ट जेवियर कलेजबाट आफ्नो पढाई पूरा गरेकी छिन् । हाल उनी अनुरागको प्रोडक्सन कम्पनी फ्यान्टम फिल्म्समा काम गरिरहेकी छिन् । हालै अनुराग कश्यपद्वारा निर्देशित वेब सिरिज चोक्डको स्क्रिप्ट पनि शुभ्राले नै लेखेकी हुन् ।

अमिताभलाई पनि छोडेनन्ः

अनुराग सोसल मिडियामा निकै सक्रिय छन् । उनी हरेक मुद्दामा खुलेर आफ्नो धारणा राख्ने व्यक्तिको रुपमा परिचित छन् । यसै कारण उनले अमिताभ बच्चनलाई पनि छोडेनन् । सन् २०१२ मा अनुरागले आफ्नो छोरा अभिषेकको फिल्म ‘खेलें हम जी जान से’ को प्रचार रोकिएला भनेर आफ्नो ओहदाको मद्दतले फिल्म ‘चटगांव’ को रिलिजमा समस्या निम्त्याएको आरोप लगाए ।

साथै, ठूल्ठूला मुद्दामा अमिताभ चुप बस्दा अनुराग आगो हुन्छन् । डिसेम्बर सन् २०१९ मा नागरिकता संशोधन बिलको विषयमा चुप बसेपछि अमिताभ जब पुनः सोसल मिडियामा सक्रिय भएका थिए र लेखेका थिए, ‘धेरै चिन्तामा हुनुपर्ने कुरा छैन, मात्र १९–२० को मात्रै फरक छ ।’

यसमा अनुरागले उनलाई जवाफ फर्काउँदै लेखेका थिए, ‘यसपटक फरक उन्नाईस बीको होइन सर, यसपटक निकै ठूलो अन्तर छ । अहिले कृपया तपाईं आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला । आफ्नो भागको तपाईंले ७० को दशकमा नै गर्नुभएको थियो, त्यतिबेलादेखि तपाईं भित्रको बच्चन हामी आफू भित्र लिएर घुमिरहेका छौं । यसपटक गब्बर होउन् वा लाइन वा शाकाल... हामी सबै हेर्नेछौं ।’

अक्षय कुमारलाई पनि निशानामाः

केही महिना अघि अक्षय कुमारले नागरिकता संशोधन अधिनियम (सिएए) विरुद्ध चलिरहेको विरोधसँग एक ट्वीट गल्तीपूर्वक लाइक गरेका थिए । यो ट्वीटसहित एउटा भिडियो थियो जसमा दिल्लीको जामिया मिलिया विश्वविद्यालयका विद्यार्थीमाथि प्रहरी कारवाहीको खिल्ली उडाइएको थियो । पछि अक्षयले यसलाई अनलाइक गरिदिएका थिए । तर उनी ट्वीटर प्रयोगकर्ताको निशानामा आए ।

एक प्रयोगकर्ताले अक्षयलाई मेरुदण्ड नभएका व्यक्ति भने । यसको समर्थन अनुराग कश्यपले गरेका थिए ।

ट्वीटर प्रयोगकर्ताले अक्षयमाथि निशाना साँध्दै लेखेका थिए, ‘म अक्षय कुमारलाई असाध्यै मिहिनेत गर्छु । मेरुदण्ड बिना मार्शल आर्टको तालिम लिन असाध्यै गाह्रो भयो होला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप