दाङमा ६ वटा लागूऔषध मुद्दामा २४ जना पक्राउ
मङ्गलबार, ०६ असोज २०७७, १२ : ०८
जिल्ला प्रहरी कार्यालय दाङले चालु आर्थिक वर्षको बितेको २ महिनामा जिल्लामा छुट्टाछुट्टै ६ वटा लागूऔषध मुद्दा चलिरहेको जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दका अनुसार चालु आर्थिक वर्षको असोज ५ गतेसम्म जिल्लाका विभिन्न स्थानबाट लागूऔषध कारोवारमा संलग्न २४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा २१ जना पुरुष र ३ जना महिलाहरु रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक राजन गौतमले जानकारी दिएका छन् । अनुसारका १५ केजी चरेसहित ४ जना पुरुष र २ जना महिला, ६ केजी ९६७ ग्राम चरेससहित ४ जना महिला र २ जना महिला, ९५ ग्राम ८९० मिलिग्राम ब्राउनसुगरसहित दश जना र ३२५ ग्राम ब्राउन सुगरसहित १ जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक गौतमले जानकारी दिएका छन् ।
जिल्लामा अहिलेसम्मकै सबैभन्दा बढी लागूऔषध ब्राउन सुगर बरामद भएको दाङ प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
-
लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण
-
कहिलेदेखि जित्न थाल्छ बैंगलुरु ?
-
अर्जेन्टिनामा ६० वर्षीय महिला बनिन् मिस ब्युनस आयर्स
-
बिहारमा जेडीयू नेताको गोली हानी हत्या, के भन्छ प्रहरी ?