शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कंगनाले किसानलाई ‘आतंककारी’ भनिन् ?

मङ्गलबार, ०६ असोज २०७७, १३ : २२
मङ्गलबार, ०६ असोज २०७७

भारतमा कृषि बिलको विषयमा हरियाणा र पंजाबका किसानमा विशेष रोष छ ।

सोसल मिडियामा किसान र बिलको समर्थन र विरोधमा निकै चर्चा छन् । सोमबार यो चर्चामा अभिनेत्री कंगना रनौत पनि आइन् ।

कंगना रनौतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटलाई रिट्वीट गरिन् ।

कंगनाले प्रधानमन्त्रीको ट्वीटलाई रिट्वीट गर्दै जे लेखिन्, त्यसपछि सोसल मिडियामा उनीविरुद्ध विरोध हुन थालेको छ ।

कंगनाले लेखिन्, ‘प्रधानमन्त्री जी जो सुतिरहेका छन् उनीहरुलाई उठाउन सकिन्छ, जसले गलत बुझिरहेका छन्, उनीहरुलाई सम्झाउन सकिन्छ तर जसले सुतिरहेको नाटक गरिरहेका छन्, नबुझेको अभिनय गरिरहेका छन् उनीहरुलाई सम्झाउँदा के फरक पर्ला ? यी तिनै आतंककारी हुन् सिएएबाट एकजनाको पनि नागरिकता गएन तर उनीहरुले रगतको खोला बगाइदिए ।’

कंगनाको यो ट्वीटपछि #Arrest_Castiest_Kangna  समेत विभिन्न ह्याशट्याग ट्रेन्ड हुन थाल्यो र त्यसमा कंगना रनौतलाई पक्राउ गर्ने माग उठ्न थाल्यो ।

सोसल मिडिया प्रयोगकर्ताका अनुसार कंगनाले किसानलाई ‘आतंककारी’ भनेकी छिन् ।

कंगनाले के भनिन् ?

सोसल मिडियामा सोमबार लगातार उनको विरोधपछि टाइम्स अफ इन्डियाले आफ्नो वेबसाइटमा एक खबर प्रकाशित गर्यो । यसलाई रिट्वीट गर्दै कंगनाले स्पष्टिकरण जारी गरिन् ।

उनले ट्वीटमा लेखिन्, ‘सिएएको विषयमा जुन गलत सूचना र अफवाह फैलाइएको थियो जसका कारण दंगा भयो र अब यहि मानिसहरु किसान बिलको विषयमा गलत सूचना फैलाइरहेका छन् र राष्ट्रमा आतंक पैदा गरिरहेका छन्, उनीहरु आतंकवादी हुन् । तपाईंलाई राम्रोसँगा थाहा छ कि मैले के भनेँ तर गलत सूचना फैलाउन मनपर्छ ।’

कंगनाले सोमबार त्यसपछि पुनः अर्को ट्वीट गरिन् र स्पष्टिकरण जारी गर्दै यदि कसैले उनले किसानलाई ‘आतंककारी’ भनेको भनेर पुष्टि गर्न सके उनले ट्वीटर छोड्ने घोषणा गरिन् ।

कंगनाले पहिलो ट्वीटपछि स्पष्टिकरणमा दुईवटा ट्वीट जारी गरिन् तर उनले पहिलो ट्वीट भने हटाएकी छैनन् ।

कंगना आफ्नो ट्वीटमा अडिग छिन् र उनले कृषि विधेयकको विषयमा अफवाह फैलाउनेहरुलाई ‘अतंककारी’ भनेकी हुन् किसानलाई होइन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप