शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गुल्मीमा पहिरोमा पुरिएर २ जनाको मृत्यु

मङ्गलबार, ०६ असोज २०७७, १३ : ४६
मङ्गलबार, ०६ असोज २०७७

गुल्मी । इस्मा गाउँपालिका –२ हस्तीचौर,  रातचौर, स्यालाको पहिरामा पुरिएर दुई जनाको मृत्यु भएको छ ।  सोमबार राति गएको पहिरामा पुरिएर बेपत्ता बनेका दुई जना आज बिहान मृतावस्थामा फेला परेका छन् । इस्मा गाउँपालिका– २ रातामाटाका ३९ वर्षीय प्रेमबहादुर कुमाल र पाँच वर्षीय सफल कुमालको शव आज बिहान नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पहिराबाट निकालेको सशस्त्र प्रहरी बल गुल्मीका प्रहरी नायब उपरीक्षक अशोककुमार लम्सालले जानकारी दिए । 

सडकमा हिँड्दै गरेका अवस्थामा सडकमाथिबाट ठूलो पहिरो खस्दा दुवै पहिरामा पुरिएर बेपत्ता बनेका थिए । घटनामा  स्थानीयवासी तिलक कुमालसमेत घाइते भएका छन् ।  सोमबार अपराह्न उक्त क्षेत्रमा ठूलो पानी परेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप