शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

युभेन्टस फर्किए मोराटा

मङ्गलबार, ०६ असोज २०७७, १३ : ५४
मङ्गलबार, ०६ असोज २०७७

सिरिए ए च्याम्पियनले पूर्व फरवार्ड अल्भारो मोराटालाई पुनः क्लबमा भित्र्याउने भएको छ । गोल डटकमका अनुसार मोराटा एथ्लेटिको म्याड्रिडबाट लोनमा युभेन्टस आएका हुन् । करिब ९० लाख युरोमा यो सम्झौता भएको हो । इटालियन क्लबसँग २७ वर्षीय खेलाडीलाई ४.५ करोड युरोमा खरिद गर्ने विकल्प पनि रहेको छ ।

नयाँ स्ट्राइकरको खोजीका रहेको युभेन्टसले मोराटालाई टुरिनमा स्वागत गरेको छ । क्लबले ट्वीटरमार्फत उनी क्लबमा आएको जानकारी दिएको छ ।

यसअघि सन् २०१४ देखि २०१६ सम्म उनी युभेन्टसमा रहेका थिए । उनले त्यसक्रममा ९३ खेलमा क्लबका लागि २७ गोल गरेका थिए ।

त्यसपछि उनी एक सिजनका लागि रियल म्याड्रिड पुगेका थिए । रियलबाट चेल्सी पुगेका उनी अन्ततः एथ्लेटिको म्याड्रिडसँग आबद्ध भएका थिए । उनले गत सिजन ३४ खेलमा १२ ला लिगा गोल गरे ।

गोन्जालो हिग्वाइन युभे छाडेर इन्टर मायामीसँग आबद्ध भएपछि युभेको नाम बार्सिलोनाका लुइस सुवरेज र रोमाका एडिन जेकोसँग पनि जोडिएको थियो ।

युभेन्टस र जेकोबीच सम्झौता गर्नेमा सहमति भए पनि रोमाले उनको स्थानमा नापोलीका फरवार्ड अर्काडिउज मिलिकलाई क्लबमा ल्याउन चाहेपछि यो पूरा हुन सकेन ।

सुवारेज पनि १ करोड यूरोमा युभेसँग आबद्ध हुन इटाली पुगे पनि स्पोर्टिङ निर्देशक फाबियो पाराटिसीले यो करार पूरा नहुने बताए ।

मोराटा युभे आएपछि ३३ वर्षीय सुवारेज एथ्लेटिको म्याड्रिड जाने सम्भावना रहेको छ ।

नयाँ प्रशिक्षक आन्द्रे पिर्लोको नेतृत्वमा युभेले पहिलो खेलमा साम्पडोरियालाई ३–० ले हराएको छ । युभे लगातार दशौँ लिग उपाधि जित्ने होडमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप