चितवनका होटल खोल्ने तयारी
चितवन । गत चैत ११ गतेदेखि सुरु भएको लकडाउनले बन्द रहेका चितवन सौराहाका होटल तथा रेष्टुरेन्टहरु हिजोआज खोल्ने तयारीमा छन् । व्यवसायीहरुले कोभिड १९ संक्रमणको जोखिम न्यूनीकरण गरी होटल सञ्चालन गर्नका लागि आन्तरिक तयारी भइरहेको बताएका छन् ।
नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले गत चैत ११ गतेयता लकडाउन गर्दै आएको थियो । पछिल्लो समय लकडाउन हटाइएपछि आन्तरिक उडान र बाह्य उडान समेत सूचारु भएका छन् । जसका कारण फेरीपनि पर्यटन क्षेत्र सूचारु हुने तरखरमा छ ।
चितवनको सौराहा पनि देशको प्रमुख पर्यटकीय गन्तव्य मध्ये एक हो । त्यसैले यहाँका होटल व्यवसायीहरुले कोभिड १९ संक्रमण रोकथामका लागि मापदण्ड पुरा गरी होटल सञ्चालन गर्ने तयारी गरिरहेका छन् । लामो समय बन्द भएकाले सरसफाई र मर्मत गरेर होटल तथा रेष्टुरेन्ट सञ्चालनमा ल्याउन ५ देखी २० लाख रुपैयाँ थप लगानी गर्नुपर्ने अवस्था रहेको क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष दिपक भट्टराईले बताए ।
तत्काल पर्यटकहरु आउने सम्भावना नभएपनि सबै मापदण्ड पुरा गरेर होटल सुचारु गर्न लागिएको उनले बताए । चितवनको पर्यटन व्यवसाय पुरानै अवस्थामा फर्कन अझै दुई वर्ष लाग्ने समेत भट्टराईको भनाई छ ।
बाह्य पर्यटक तत्काल आउने सम्भावना नरहेको र चाडपर्व नजिँकदै गरेकोले केही आन्तरिक पर्यटक आउने आशमा सौराहाका व्यवसायी रहेका छन् । व्यवसायीहरुलाई सरकारले उपेक्षा गरेको उनीहरुको बुझाई छ । सरकारले पुनरकर्जा दिने बताए पनि त्यसको कार्यान्वयन नहुँदा होटल सञ्चालन गर्न चालू पूँजीको अभाव भएको पनि व्यवासयीहरुले बताए ।
होटल व्यवसायी ध्रुव गिरीले लामो समय बन्द भएका होटलको सरसफाई गर्ने, मर्मत गर्ने काममा आफुहरु व्यस्त रहेको बताए । उनले होटल सूचारु गर्नका लागि कर्मचारीहरुलाई १५/१५ दिन गरी मासिक दुई सिफ्टमा काम लगाउने योजना बनाएको समेत बताए ।
चितवनको सौराहामा करिब २ सयको संख्यामा होटल तथा रेष्टुरेन्टहरु रहेका छन् । त्यस्तै ५ हजार ५ सय जनाले प्रत्यक्ष रोजगारी पाउदै आएका छन् । सौराहा क्षेत्रका होटल तथा रेष्टुरेन्टहरु पूर्ण रुपमा पर्यटनमा आधारित छन् । कोभिडका कारण तत्काल बाह्य पर्यटक आउन नसक्ने भएपनि आन्तरिक पर्यटक आउने झिनो आशाले होटल रेष्टुरेन्ट सूचारु गर्न लागिएको व्यसायीहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै