शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मकवानपुरमा गाँजासहित ३ जना पक्राउ

मङ्गलबार, ०६ असोज २०७७, १४ : ५६
मङ्गलबार, ०६ असोज २०७७

मकवानपुर । मनहरि गाउँपालिका–६ स्थित लोथर खोलाको बगरको बाटो प्लाष्टिकको बोरा बोकी हिँडिरहेका तीन जनालाई प्रहरीले  रोकी जाँच गर्दा अवैध गाँजा फेला परेपछि उनीहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले उनीहरुलाई १०४ केजी अवैध गाँजासहित आज पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका–९ बस्ने २६ वर्षीय कपिल भन्ने रुप खड्का ठकुरी, सोही वडा बस्ने ३० वर्षीय टलकबहादुर घलान र सोही गाउँपालिका–४ बस्ने २७ वर्षीय मदन कोइराला रहेका छन् । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप