शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओली–प्रचण्डविरुद्धको मुद्दा तामेलीमा राख्न सर्वोच्चको आदेश

मङ्गलबार, ०६ असोज २०७७, १७ : ४७
मङ्गलबार, ०६ असोज २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का  अध्यक्षद्वय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध परेको अवहेलनाको मुद्दा तामेलीमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । 

मंगलबार सर्वोच्चका न्यायाधिश तेजबहादुर केसीको एकल इजलासले तत्कालिन एमाले र माओवादी केन्द्रका अध्यक्ष रहेका ओली र प्रचण्डविरुद्ध झण्डै ३ वर्षअघि परेको मुद्दा तामेलीमा राख्न आदेश दिएको हो ।

‘सम्वन्धित व्यक्तिले समय गुजारेकाले उक्त मुद्दालाई तामेलीमा राख्न आदेश भएको हो’, सर्वोच्च स्रोतको भनाई छ । 

गत २०७४ साल मंसिर १० गते हुने तय भएको प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव छु्टटाछुटटै हुनुपर्ने र मतपत्र समेत फरकफरक हुनुपर्ने मागसहितको रिटमा अदालतको आदेशविरुद्ध अवहेलना हुनेगरी ओली र प्रचण्डले अभिव्यक्ति दिएको भन्दै मुद्दा परेको थियो । 

२०७४ कार्तिक १३ गते तत्कालीन राजपाका नेता समेत रहेका सर्वेन्द्रनाथ शुक्लाले उक्त मुद्दा दर्ता गरेका थिए ।

उनले ओली र प्रचण्ड दुवैलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको माग गरेका थिए । अदालतको पछिल्लो आदेशपछि यो मुद्दा अव अघि नबढ्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप