बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

६ केजी गाँजासहित एकजना पक्राउ

मङ्गलबार, ०६ असोज २०७७, १८ : ०२
मङ्गलबार, ०६ असोज २०७७

झापा । झापाको दमक नगरपालिका–२ स्थित बेलडाँगी चोकबाट सशस्त्र प्रहरीले करिब ६ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलामको माङसेबुङ गाउँपालिका– ६ बस्ने ४५ वर्षीय बीरबहादुर राई छन् । राईलाई सशस्त्र प्रहरी बल, नेपाल भुटानी शरणार्थी सुरक्षा वेश
बलेडाँगीबाट खटिएको टोलीले चेकजाँचको क्रममा गाँजासहित पक्राउ गरेको हो । 

पक्राउ परेका राईको साथबाट दुई वटा मोबाइल सेट र ११ हजार ९ सय ६० रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ परेका राईलाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप