शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जिउँदो ‘सुनगोहोरो’ बेच्न १५ लाखमा डिल, २ जना पक्राउ

मङ्गलबार, ०६ असोज २०७७, १९ : १७
मङ्गलबार, ०६ असोज २०७७

काठमाडौं । दुर्लभ वन्यजन्तु ‘सुनगोहोरो’ बेच्न खोज्ने दुईजनालाई प्रहरीले काठमाडौंको मुलपानीबाट पक्रेको छ ।  महानगरीय प्रहरी वृत बौद्धले कागेश्वरी मनोहरा–६ मुलापनीबाट रामेछाप गोकुलगंगा घर भएका बिशाल तामाङ र सुभाष तामाङलाई पक्रेको हो । 

प्रहरी निरिक्षक कृष्ण श्रेष्ठको कमाण्डमा खटिएको टोलीले उनीहरुको साथबाट एउटा जिउँदो सुन गोहोरो बरामद गरेको छ ।  सुनगोहोरो १५ लाखमा ‘विक्री डिल’ गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए । 

मुलपानी डेरा गरी बस्ने रामेछाप गोकुलगंगा–६ का मोहन तामाङको कोठाबाट दुई कारोबारी पक्राउ परेका हुन् । दुर्लभ बन्यजन्तु सुनगोहोरो कारोबारमा संलग्न मोहन भने भागेका छन् । उनको खोजी भईरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  प्रहरीले बरामद गरेको सुनगोहोरो १ दशमल ५ इन्च लामो छ । सो बन्यजन्तुको प्रमाणिकरण र कानुनी कारवाहीका लागी प्रहरीले कारोबारीहरुलाई जिल्ला वन कार्यालय काठमाडौंमा बुझाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप