सानिमा बैंकको क्रेडिट कार्डका लागि अब अनलाइनबाटै आवेदन दिन मिल्ने
काठमाडौं । सानिमा बैंकले ग्राहकहरुको सुविधा र सुरक्षालाई ध्यानमा राखी अनलाइनमार्फत् क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।
ग्राहकहरुले क्रेडिट कार्ड आवेदन दिनका लागि बैंकको वेवसाइट ९धधध।कबलष्mबदबलप।अयm० मा गई “क्रेडिट कार्ड आवेदन” मा क्लिक गरी फारममा उल्लेखित आवश्यक विवरण भरी सरल रुपमा आवेदन दिन सकिन्छ ।
फारम भरेसँगै क्रेडिट कार्ड स्वीकृत भएकोबारे र कार्ड उपलब्ध गराइने समय सम्बन्धी जानकारी इमेल तथा फोन मार्फत् हुनेछ । क्रेडिट कार्ड आवेदनका लागि बैंकसम्म भौतिक रुपमा पुग्नु नपर्ने भएका कारण यो प्रक्रिया सरल, सुरक्षित हुनुका साथै समयको पनि बचत हुन्छ ।
यो सुविधा यही असोज ६ गतेदेखि संचालनमा ल्याएको बैंकले जनाएको छ । सानिमा बैंकको क्रेडिट कार्ड प्रयोग गरी अनलाइन सपिङ्ग गर्दा छुट प्राप्त गर्नुका साथै मासिक किस्ता –इउमआई)मा सामान खरिद गर्न सकिन्छ ।
सानिमा बैंकले डिजिटल बैंकिङ्ग प्रणालीलाई प्राथमिकता दिँदै समयानुकूल विभिन्न ग्राहकमैत्री सेवा तथा सुविधाहरु परिस्कृत रुपमा उपलब्ध गराउँदै आएको छ । सानिमा बैंकले हाल ८२ शाखा कार्यालय १५ विस्तारित काउन्टर तथा ८१ एटिएमबाट ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान
-
मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह
-
अभिनेताले भने, ‘कबीर सिंह’ गरेर पछुतो छ, निर्देशकले दिए चलचित्रबाट अनुहार नै हटाउने चेतावनी
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी
-
ट्रम्पको मुद्दा चलिरहेको अदालतबाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास
-
पिसाबमा जलन र पहेँलोपन : कसरी बच्ने ?