शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्याङयोङ्ग सुपर डिस्काउन्ट अफर, कोरियन लक्जरी एसयूभी र एक्सयूभीमा ३ लाखसम्मको छुट

मङ्गलबार, ०६ असोज २०७७, २१ : २४
मङ्गलबार, ०६ असोज २०७७

नेपालको लागि स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुपअन्तर्गतको आइएमएस मोटर्सले  “स्याङयोङ्ग सुपर डिस्काउन्ट”अफर ल्याएको छ । ग्राहकहरूले यस अफर अन्र्तगत कोरियन लक्जरी एसयूभी र एक्सयूभीमा ३ लाख छुट प्राप्त गर्न सक्नेछन् । 

साथै, ग्राहकहरुले आफ्ना पुराना सवारी टिभोली अथा एक्सएलभीसँग एक्सचेञ्ज गरेबापत दुई लाख एक्सचेञ्ज बोनस पनि प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, कम्पनीले कोभिड वारियर्सहरु (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु)लाई थप एक लाख डिस्काउन्ट दिने जनाएको छ ।

साथै आइएमएस मोटस स्याङयोङ्गले ग्राहकहरुलाई यसप्रकार अफर प्रदान गरेको छ । 
–एक वर्ष निःशुल्क बीमा
–२५ हजार बराबरको निःशुल्क एक्सेसरिज
–सात बर्ष सजिलो फाइनान्स
–तीन वर्ष वारेन्टि 
–निःशुल्क सर्भिसिङ्ग (४ पटक वारिफरल ग्राहकहरूको लागि १ बर्ष सम्म)

यस स्याङयोङ्ग सुपर डिस्काउन्ट अफर २०७७ साल असोज ७ गतेदेखि असोज २०गतेसम्म मात्र हुने कमपनीले जनाएको छ । 

स्याङयोङ्ग कोरियाको चौथौ ठूलो गाडीहरु उत्पाद गर्ने कम्पनी हो । सन् १९५४ देखि सुरुवात गरिएको यस कम्पनीको गाडीहरु आफ्नो आधुनिक स्टाइल अनि उत्कृष्ट प्रदर्शनको लागि चिनिने गर्दछन् जसको मुल कारण कम्पनीका दक्ष इन्जिनियरहरु मानिन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप