शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बर्दियामा थप १ कोरोना सङ्क्रमितको मृत्यु

मङ्गलबार, ०६ असोज २०७७, २२ : २०
मङ्गलबार, ०६ असोज २०७७

बर्दिया । कोहलपुरमा उपचारका क्रममा आज एक कोरोना सङ्क्रमितकोे निधन भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको  मृत्यु भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले उनको कोहल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बताए ।  

यससँगै बाँकेमा उपचारका क्रममा मृत्यु  हुने पाँच जना पुगेका छन् ।  यसअघि कैलाली, अछाम, अर्घाखाँची र  सुर्खेतका  कोरोना सङ्क्रमितको बाँकेमा मृत्यु भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप