बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इमरजेन्सीमा ल्याएलगत्तै परीक्षण गर्दा जैसवाल जिवित थिएनन्ः वीर अस्पताल

मङ्गलबार, ०६ असोज २०७७, २३ : १४
मङ्गलबार, ०६ असोज २०७७

काठमाडौं । वीर अस्पतालले केन्द्रीय कारागारका थुनुवा (कैदी)  रामलखन जैसवाललाई अस्पताल (इमरजेन्सीमा) ल्याएलगत्तै परीक्षण गर्दा मृत भेटिएको जनाएको छ । मंगलबार अस्पतालका निर्देशक डा.केदारप्रसाद सेन्चुरीले एक विज्ञप्ति जारी गर्दै चिकित्सकले परीक्षण गर्दा जैसवाल जिवित रहेको कुनै पनि चिन्ह नदेखिएकोले मृत घोषित गरिएको जानकारी दिएका हुन् ।

विज्ञप्तिमा मृतकको असोज ५ गते कोरोना पोजेटिभ रिपोर्ट आएको जनाइएको छ । विगत ३ दिनदेखि मृतकको शव, शवगृहमा रहेकोले सड्ने गल्ने प्रक्रिया शुरु भैसकेको र शवमा फोकाहरु रहेको, सुन्निएको र मुख र नाकबाट तरल पदार्थ निस्किनु शवलाई उपयुक्त रेफ्रिजिरेटरमा नराख्दा हुने सामान्य प्रक्रिया भएको विज्ञप्तिमा प्रस्ट पारिएको छ ।

विज्ञप्तिमा यो मेडिकल अवस्थालाई नबुझि केही सञ्चारमाध्यामहरुमा आँखा निकालिएको, चोटपटक लागेको, घाँटी काटिएको जस्ता भ्रामक समाचारहरु सम्प्रेषण भएकोमा उक्त समाचारमा यथार्थता नभएको जानकारी दिइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप