बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इतिहासमा आज – हैटीमा तुफानले लियो ३ हजारभन्दा धेरैको ज्यान

बुधबार, ०७ असोज २०७७, ०६ : ३९
बुधबार, ०७ असोज २०७७

आज २३ सेप्टेम्बर । सन् २००४ मा हैटीमा शक्तिशाली तुफान र बाढीले ठूलो क्षति निम्त्याएको थियो । ‘जीन’ नाम दिइएको यो तुफान अफ्रिकाको पश्चिम तट हुँदै आएको थियो । एटलान्टिकको नजिक पुगेपछि भने यसले भयानक रुप लियो । हैटी पुग्दासम्म यो निकै तेज भइसकेको थियो, जसकारण धेरै घरहरु भत्किए । केही समयपछि तुफान गयो, तर मुसलधारे वर्षा सुरु भयो । घण्टौँसम्म निरन्तर वर्षापछि यहाँ ठूलो बाढी आयो, जसले क्षतिलाई थप खराब बनायो ।

यस प्रकोपमा परेर ३ हजारभन्दा धेरै मानिसहरुको ज्यान गयो । जसमध्ये उत्तरी गोनाइभसमा सर्वाधिक २८ सय जनाले ज्यान गुमााएका थिए । तुफान र बाढीका कारण देशभर झन्डै ८० लाख मानिस घरबारविहीन भए । प्रकोपले हैटी आसपासका अन्य देशमा पनि ठूलो त्रास सिर्जना ग¥यो । केहीले पूर्वसतर्कता पनि अपनाए, बहामासबाट उत्तरस्थित क्षेत्रका मानिसहरुले भयभीत भएर तुफान आउनुअघि नै घर छाडिसकेका थिए । जसकारण, त्यहाँ क्षति कम भयो । युएस भर्जिन आइल्यान्ड, पिर्योटोरिको र डोमिनिकन रिपब्लिकमा पनि यसको असर प-यो ।

अमेरिकाको फ्लोरिडा तटसम्म पुग्दा यस तुफानको प्रभाव कम भइसकेको थियो । तर फ्लोरिडावासीहरु तुफानलाई लिएर निकै सचेत थिए । त्यसैले उनीहरु सतर्कताका साथ बसे । यद्यपी, पूर्वतयारीका बाबजुद फ्लोरिडामा तीनजनाको मृत्यु भयो ।

अन्य घटनाक्रम

सन् १९३२– हाउस अफ साउद (अहिलेको  साउदी राजपरिवार) द्वारा साउदी अरब एकिकरणको कामलाई पूर्णता । १९०२ बाट यो काम सुरु भएको थियो । जसअन्तर्गत धेरै शहर, इमिरेट्स र अधिराज्यलाई साउदीमा मिसाइयो ।

सन्१९४३– विश्वयुद्धका दौरान जर्मनीद्वारा आफ्नो कठपुतली सरकारसहितको ‘इटालियन सोशल रिपब्लिक’ नाममा अलग देशको स्थापना ।

सन् १९७३– अर्जेन्टिनाको आम चुनावको नतिजा सार्वजनिक,  राष्ट्रपतिमा सैनिक शासक जुआन पेरोन ६० प्रतिशत मतसहित विजयी ।

सन् १९८३– बम हमलामा गल्फ एयर फ्लाईट ७७१ ध्वस्त, विमानमा सवार सबै १ सय १७ यात्रुको मृत्यु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप