शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीन–भारत तनावः चीनले सीमामा आफ्नो दोब्बर शक्ति बढाएको दाबी

बुधबार, ०७ असोज २०७७, ०८ : ४८
बुधबार, ०७ असोज २०७७

भारत र चीन सीमामा विवादको विषयमा कोर कमान्डरको छैटौं चरणको कुराकानीपश्चात् मंगलबार साझा बयान जारी गरियो ।

अंग्रेजी पत्रिका ‘द हिन्दू’ ले यसलाई पहिलो पानामा निकै प्रमुखताका साथ छापेको छ । दुबै देशको संयुक्त बयानमा सीमामा भारतचीनले थप सैनिक पठाउन बन्द गर्नेछन् ।

यसका साथै सीमामा कुनै पनि पक्षले एकतर्फी रुपमा यथास्थितीलाई परिवर्तन नगर्ने विषयमा पनि सहमति बनेको छ । दुबै देश गतिरोध अन्त्यका लागि कुराकानी आवश्यक भएको कुरामा सहमत छन् ।

सोमबार सैन्य कमान्डर स्तरमा भएको कुराकानीपछि साझा बयानमा भनिएको छ, ‘दुबै देशका नेताबीच कुराकानीलाई थप बलियो बनाउने विषयमा भएको सहमतिलाई गम्भीर रुपमा लागू गर्न आवश्यक छ । गलत बुझाईबाट बच्न आवश्यक छ र सीमामा सैनिकको संख्या अब बढाइने छैन । कुनै पनि पक्षले सीमामा एकतर्फी रुपमा यथास्थितीमाथि छेडछाड गर्ने छैनन् र जटिल समस्या निम्तिने कुनै पनि कदम उठाइने छैन । दुबै देश वास्तविक नियन्त्रण रेखा अर्थान् एलएसीमा स्थितीलाई स्थिर गर्न कोसिस गर्नेछन् ।’

द हिन्दूका अनुसार रक्षा स्रोतले अहिले पनि सैनिकलाई पछि हटाउने विषयमा सहमति स्थापित हुन सकेको छैन । यसबाहेक हालैको कुराकानीमा एलएसीमा कुनै पनि प्रकारको निर्माण कार्य नहुने विषयमा सहमति बनेको छ ।

 दुबै पक्षबीच जतिसक्दो चाँडो कमान्डर स्तरको सातौं चरणको कुराकानीको प्रबन्ध मिलाइने सहमति बनेको छ । सीमामा शान्ति बहालका लागि कुनै ठोस् कदम उठाउने कुरा पनि गरिएको छ ।

छैटौं चरणको कुराकानी १४ घण्टासम्म चल्यो तर कुनै ठोस् नतिजा पाउन सकिएन । यो महिनाको सुरुवातमा मस्कोमा विदेशमन्त्री एस जयशंकर र चीनका विदेशमन्त्री वांग यी बीच जुन पाँच बुँदामा सहमति बनेको थियो, त्यसै आधारमा कोर कमान्डर स्तरको कुराकानी भयो ।

पत्रिकाका अनुसार भारतले कुराकानीमा झडप भएको सबै स्थानबाट चीनलाई आफ्नो सैनिक फिर्ता बोलाउन भनेको छ । पहिलो पटक कोर कमान्डर स्तरको कुराकानीमा भारतीय विदेश मन्त्रालयका एक संयुक्त सचिव पनि उपस्थित थिए ।

यद्यपि, सीमामा अहिले पनि स्थिती पहिले झैं छ । स्रोतका अनुसार भारतले सैनिकको फिर्ता पारस्परिक नहुने बताएको छ ।

द हिन्दूका अनुसार एक नयाँ रणनीतिक रिपोर्ट अनुसार चीनले भारतसँगको सीमामा आफ्नो एयर बेसलाई दोब्बर बनाएको छ ।

चीनले आफ्नो शक्ति दोब्बर बनायोः

हिन्दी पत्रिका दैनिक जागरणका अनुसार सन् २०१७ मा डोकलाम तनावपछि एलएसीमा चीनको शक्ति बढाउने रिपोर्टलाई प्रमुखतापूर्वक स्थान दिइएको छ । पत्रिकाका अनुसार चीनले वास्तपिक नियन्त्रण रेखामा कम्तीमा १३ नयाँ सैन्य इलाकाको निर्माणको काम सुरु गरेको छ । यीमध्ये तीन एयर बेस, पाँच स्थायी रक्षा तैनाथी र पाँच हेलिपोर्ट समावेश छन् ।

ग्लोबल सिक्योरिटी कन्सल्टेन्सीको रिपोर्ट अनुसार चार नयाँ हेलिपोर्टको निर्माणकार्य त्यतिबेला सुरु भएको थियो जब मेको सुरुवातमा पूर्वी लद्दाखमा चिनियाँ सेनासँग भारतको तनाव बढेको छ ।

यो रिपोर्ट अनुसार डाकलाम प्रकरणपछि चीनले आफ्नो रणनीति परिवर्तन गरेको थियो । यसै रणनीति अनुसार पछिल्लो तीन वर्षमा चीनले आफ्नो एयर फोर्स अड्डाको संख्या दोब्बर गरेको छ ।

रक्षा विशेषज्ञ सिम टेङ्कले तयार गरेको रिपोर्टमा मंगलबार दिइएको जानकारी अनुसार चीनको निर्माण परियोजनाको अभियान भविष्यको सैन्य क्षमतालाई थ बलियो गर्नका लागि हो । चीन लामो समयसम्म भारतसँगको सीमा विवादलाई कायम राख्न चाहने भारतले बताउने गरेको छ । यो तनाव दुई देशको दायराबाट पनि बाहिर जान सक्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप