बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दीपिका पादुकोणको ड्रग्समा नाम मुछिएपछि भाइरल भए यस्ता थुप्रै तस्बिर, ट्वीटरमा प्रतिबन्ध गर्न माग

बुधबार, ०७ असोज २०७७, ०९ : ५२
बुधबार, ०७ असोज २०७७

दिवंगत नायक सुशान्त सिंह राजपूत हत्या मामिलामा थुप्रै कोणबाट अनुसन्धान चलिरहेको छ । उनको निधन भएको तीन महिना बितिसकेको छ । यी तीन महिनामा यस्ता थुप्रै कुरा सार्वजनिक भएका छन् जुन निकै अचम्मित गरिदिने किसिमको छ । यीमध्ये सबैभन्दा चर्चाको विषयमा बन्यो त्यो हो ड्रग्स एंगल । सुशान्तबारे भएको अनुसन्धानले बलिउडमा ड्रग्स केसका विभिन्न पत्र खुल्दै गइरहेको छ । यो मामिलामा सुरुमा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको नाम आयो । यसैबीच नायिका दीपिका पादुकोणको नाम पनि यसमा मुछिएको छ, जसले धेरैलाई अचम्मित तुल्यायो । यस्तै अब यतिबेला ट्वीटरमा दीपिका पादुकोणलाई प्रतिबन्ध गर्नुपर्ने माग गरिएको छ र उनीसँग सम्बन्धित थुप्रै मीम्स भाइरल भइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप