बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सडकमा ढलको उचित व्यवस्थापन नहुँदा स्थानीयलाई सास्ती

बुधबार, ०७ असोज २०७७, ११ : ११
बुधबार, ०७ असोज २०७७

ओखलढुंंगा । सडक निमार्णका क्रममा ढलको उचित व्यवस्थापन नगरिँदा वर्षात्को समयमा स्थानीयले ठुलो क्षेती बेहोर्दै आएका छन् । निमार्णाधीन ओखलढुंगा–रामपुर–लप्सेखोला सडकखण्डमा ढलको उचित व्यवस्थापन नहुँदा सडक आसपासका स्थानीयको घरभित्रै ढलको पानी पसेर क्षती गर्ने गरेको हो ।

 ढल ब्यवस्थापनका लगि बारम्बार स्थानीयले आग्रह गरेपनि सडक आयोजनाले बेवास्ता गर्दा स्थानीयको बिचल्ली भएको छ । सडक निमार्णको जिम्मा पाएको ठेकेदार कम्पनीले ढलको उचित ब्यस्थापन नगर्दा सदरमुकामकै तल्लो भेगका नागरिकले सास्ती खेप्नु परेको सिद्धिचरण नगरपालिका १२ का स्थानीय निलराज पराजुलीले बताए ।

उनले जिल्लामा केही दिनदेखि भैरहेको अबिरल बर्षात्का कारण सडकबाट ठुलो भल आउँदा आफ्नो फर्निचरको समानमा ठुलो क्षति पुर्याएको बताए ।  यसअघि सडक हुँदै बगेर आएको फोहोर पानीले आधा दर्जन स्थानीयको पसल ब्यवसायमा क्षती पुर्याएको छ । तर यस बिषयमा स्थानियले सम्वन्धित निकायलाई पटक पटक खबर गर्दा समेत सुनुवाई हुन नसकेको सोही स्थानका अर्का स्थानीय योगेश्वर अधिकारीले बताए । 

सडक भन्दा माथीको धेरै भागबाट पानी संकलन भएर आएका कारण सडक तथा बस्तीलाई नै समस्यामा परेको सडक निमार्णको जिम्मा पाएको राष्ट्यि पुनःनिर्माण प्रधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई कार्यालयले जनाएको छ । बजारक्षेत्रमा खोला खोल्सी नभएकाले पानी निकासा गर्न समस्या भएको र जमिन कमजोर भएकाले समेत पहिरो गैरहने भएकाले नाला थुनिएर सडकमा पानी पसेको सडक उप–ओजनाका ईन्जिनियर सरोज केसीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप