बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पहिरोले बुटवल–तानसेन सडक अवरुद्ध

बुधबार, ०७ असोज २०७७, ११ : ५०
बुधबार, ०७ असोज २०७७

बुटवल । पहिरोका कारण  सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडकखण्ड अवरुद्ध भएको छ । गएराति देखिको वर्षाले पाल्पाको तिनाउँ गाउँपालिका–५ कालिमाटीमा ढुङ्गासहितको पहिरो खस्दा बिहान ८ बजेपछि बुटवल–तानसेन सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

 वर्षाको बेला पटक–पटक अवरुद्ध हुने यो सडक खुलाउनको लागि  सडक डिभिजनसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । सडक बन्द भएपछि बुटवलबाट पाल्पा,गुल्मी,स्याड्जा जाने र आउने सवारी साधनहरु रोकिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप