केन्द्रीय संस्करण

बाघको छाला र सालकको खपेटा बेच्न हिँडेका युवक पोखरामा पक्राउ

person explore access_timeअसोज ७, २०७७ chat_bubble_outline0

पोखरा । कास्कीको पोखरा महानगरपालिका–३१ बनपोखरीबाट अवैध बाघको छाला, सालकको खपेटा र आखेटोपहारसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका–४ घर भएका २८ वर्षीय सन्तोष लामिछाने रहेका छन् । 

वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपोसार तथा कारोवार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिसुवाको संयुक्त टोलीले पक्राउ गरेको हो । 

शिसुवाबाट बनपोखरीतर्फ जाँदै गरेको प्रदेश नं. ३–०२–०११ प ७८०६ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा पछाडी जेब्रा झोलामा लुकाईछिपाई ल्याएको अवैध वन्यजन्तुको आखेटोपहारसहित लामिछाने पक्राउ परेको कास्कीका एसपी जीवन श्रेष्ठले बताए । 

अनलाइन सर्भिसको काम गर्दै आएका लामिछानेको साथबाट अवैध बाघको छाला १ थान, सालकको खपेटा १ थान, वन्यजन्तुको जस्तो देखिने हाड, खुट्टा तथा पञ्जा गरी अन्दाजी ३ केजी ७५० ग्राम बरामद भएको एसपी श्रेष्ठले जानकारी दिए । 

लामिछाने अवैध रुपमा बाघको छाला, सालकको खपेटा र आखेटोपहार बेच्नकै लागि काठमाडौँबाट पोखरा आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी श्रेष्ठले जानकारी दिए । 

लामिछानेलाई बरामद सामानसहित थप अनुसन्धान र आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय, कास्की पठाइएको एसपी श्रेष्ठले बताए ।  

बाघको छालाको लम्बाई ८ फिट लामो र चौडाई ३ फिट रहेको प्रहरीले जनाएको छ । यस्तै सालकको खपेटाको लम्बाई २ फिट ५ इन्च र चौडाई ११ इन्च छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.