५०७ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेहाल
एकैपटक ५०७ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि समस्यामा परेको सिरहा कारागारलाई एक सामाजिक संस्थाले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।
४१औँ सामाजिक सेवा दिवसको अवसरमा मुक्ति नेपाल संस्थाले कारागारका सङ्क्रमित कैदीबन्दीका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो ।
मुक्ति नेपालका अध्यक्ष श्याम साहले कैदीबन्दीका लागि एक हजार थान मास्क, एक लिटर स्यानिटाइजर र महिला कैदीबन्दीका लागि २० थान झुल कारागार प्रमुख बबिता महतोलाई हस्तान्तण गरे । एकैपटक अधिकांश कैदीबन्दीमा कोरोना सङ्क्रमण देखिएपछि केही सहयोग होस् भन्ने उद्देश्यका साथ प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण गरिएको अध्यक्ष साहले जानकारी दिए ।
कूल १२५ कैदीबन्दीको क्षमता रहेको सो कारागारमा हाल ५९९ कैदीबन्दी छन् । कारागारमा रहेका ५९९ कैदीबन्दीमध्ये हालसम्म ५०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कारागार प्रशासनले जनाएको छ । एकैपटक ५०० भन्दा बढी कैदीबन्दीमा कोरोना सङ्क्रमण भएपछि व्यवस्थापनमा कठिनाइ भइरहेको कारागार प्रमुख महतोको भनाइ छ । सङ्क्रमित सबैलाई कारागारभित्रै राख्नुपर्ने बाध्यताका कारण जोखिम बढेको छ ।
“कारागारमा रहेका बाँकी ९२ कैदीबन्दीमा कोरोना सङ्क्रमण देखिएको छैन”, कारागार प्रमुख महतोले भने, “सङ्क्रमित कैदीबन्दीलाई कारागारमै राखिएका कारण बाँकी कैदीबन्दीमा पनि सङ्क्रमित हुने जोखिम बढेको छ ।” सङ्क्रमित कैदीबन्दीलाई सुरक्षित आइसोलेसनमा राख्नुपर्नेमा सरकारबाट निर्देशन नआउँदा कारागारभित्रै राख्नुपर्ने बाध्यता रहेको उनको कथन छ । एकैपटक ठूलो सङ्ख्यामा कैदीबन्दी सङ्क्रमण देखिएपछि सङ्क्रमितलाई दिनुपर्ने रोग प्रतिरोधात्मक तथा पोषणयुक्त खानाको व्यवस्था मिलाउन समस्या भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री
-
थाई–म्यान्मार सीमा सहर नजिकै फेरि झडप सुरु
-
सेकेन्ड ह्यान्ड आइफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
-
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
-
सिस्टमले चलेको देश जापान
-
दीपिकाको 'लेडी सिंघम' लुक सेयर गर्दै रोहितले भने- मेरो वास्तविक जीवनको हिरो