शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु

बुधबार, ०७ असोज २०७७, १३ : १५
बुधबार, ०७ असोज २०७७

कैलाली । खेतमा खुल्ला छोडिएको बिद्युतीय तारबाट करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गौरीगंगा नगरपालिका १० बस्ने वर्ष २९ का रघुवीरसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

रातको समयमा सोही ठाउँ बस्ने नन्दराम ठगुन्नाको खेतबारीमा खुल्ला छोडिएको विद्युतको तारमा करेन्ट लागेर गएराती उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले रातोपाटी लाई जानकारी दिए ।

मृतकसँगै अन्य ४ जना रहेको र घटनाको थप अनुसन्धान गर्न उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप