शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साउथकी नायिकाको उजुरीमा अनुराग कश्यपविरुद्ध एफआइआर दर्ता, हुनसक्छ गिरफ्तारी

बुधबार, ०७ असोज २०७७, १३ : २८
बुधबार, ०७ असोज २०७७

दक्षिण भारतीय फिल्ममा काम गरिसकेकी नायिकाले फिल्म निर्माता, निर्देशक अनुराग कश्यपविरुद्ध एफआईआर दर्ता गरेकी छिन् । मुम्बईको विक्रोली प्रहरी स्टेशनमा नायिकाको तर्फबाट ऊजुरी दिइएको थियो । तत्पश्चात् प्रहरीले एफआईआर दर्ता गरेको छ । यसअघि नायिका सोमबार मुम्बईको ओशिवारा प्रहरी स्टेशनमा मुद्दा दर्ता गर्न पुगेकी थिइन् तर अबेर राती दुई बजेसम्म प्रहरी स्टेशनमा बस्दासमेत उनको ऊजुरी दर्ता गरिएको थिएन ।

 नायिकाका वकिल नितिन सतपुतेले बुधबार बेलुका जारी एक बयानमा एफआइआरको विवरण साझा गरे । सतपुतेले भने, ‘नायिकाको एफआईआर अन्ततः दर्ता गरिएको छ, आरोपीविरुद्ध दुष्कर्म, गलत व्यवहार, गलत तरिकाले रोक्नु र महिलाको अपमान गर्नेलगायतका आरोप लागेका छन् ।’

नायिकाको आरोपः

अभिनेत्रीले लगाएको आरोप अनुसार फिल्म निर्माता अनुरागले उनलाई एकपटक छेडछाड गर्ने कोसिस गरेका थिए । अनुराग उनको अगाडि नग्न भएका थिए र उनले उनीसँग अंतरंग हुने कोसिस गरेका थिए । वर्सोवा प्रहरीले चाँडै नै यो मामिलामा कश्यपलाई सोधपुछका लागि बोलाउन सक्छ । उनीविरुद्ध दर्ता धारामा उनलाई पक्राउ पनि गर्न सकिनेछ ।’

नायिकाको आरोपः

– आईएएनएसलाई दिएको अन्तरवार्तामा नायिकाले सन् २०१४ मा भएको घटनाबारे खुलासा गरिन् । नायिकाका अनुसार अनुराग कश्यपले उनीमाथि छेडछाड गरेका थिए । उनले भनिन्, ‘निर्देशकले मलाई बताए कि जो महिला उनीसँग काम गर्छन् उनीहरुले उनीसँग ‘गाला टाइम’ बिताउने गर्छन् ।

नायिकाले भनिन्, ‘अनुराग त्यतिबेला बम्बे भेल्भेटमा काम गरिरहेका थिए । उनले यो पनि भने कि केटीहरु रणबीर कपुरसँग एउटा फिल्ममा काम गर्नका लागि उनीसँग सुत्न तयार थिए । त्यसपछि अनुरागले एडल्ट फिल्म लगाए । म डराएँ । त्यसपछि उनी मेरो सामू नग्न भए र मलाई कपडा खोल्न भने । मैले भने, ‘सर, म सहज छैन ।’’

उनले थपिन्, ‘उनले त्यसपछि मलाई फेरि भने कि उनीसँग काम गर्ने अन्य नायिकाहरु उनको एक कलमा उनलाई भेट्न आइपुग्छन् । त्यसपछि मैले फेरि आफू सहज नभएको र बिरामी भएको बताएँ । क त्यहाँबाट कसैगरी भागेँ । त्यसपटि मैले उनलाई कहिले पनि भेटिनँ । उनले थुप्रै पटक मलाई भेट्न भने । मैले आजसम्म त्यो घटना बिर्सन सकेको छैन । उनले मलाई असाध्यै तनाव दिन्छन् ।’

अनुराग कश्यपले नायिकाको आरोप खारेज गरेका छन् । यो विषयमा अनुरागका दुबै श्रीमतीले अनुरागको समर्थन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप