बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ह्यारीले भने, ‘कोरोना महामारीमा पनि नेपाली बहादुर देखिए’

बुधबार, ०७ असोज २०७७, १३ : २९
बुधबार, ०७ असोज २०७७

बेलायती राजकुमार ह्यारीले कोरोना महामारीका दौरान नेपालीहरुले देखाएको बहादुर भावनाको प्रशंशा गरेका छन् । ट्रेल वाकर युके आयोजना गर्ने १ सय किलोमिटर रिलेमा भाग लिन आग्रह गर्दै उनले भिडियो सन्देश जारी गरेका हुन् । अक्सफाम र द गोर्खा वेलफेयर ट्रस्टका लागि रकम सङ्कलन गर्ने उद्देश्यले यो भर्चअुल यात्रा आयोजना गर्न लागिएको हो, यी संस्थाहरुले विश्वव्यापी महामारीका पिपिई उपलब्ध गराउने तथा सरसफाई र शिक्षा क्षेत्रमा सहयोग पु¥याउने लक्ष्य राखेका छन् । अक्फामले विश्वव्यापी गरिबी निवारणका लागि काम गर्छ भने गोर्खा वेलफेयर ट्रस्टले नेपाली समुदायका लागि सहयोग गर्दै आएको छ ।

ह्यारीले २०७२ सालमा गएको प्रलयकारी महाभूकम्पसँग यस महामारीको तुलना गरेका छन् । उनले दुबै संकटमा धैर्य र उदार मन देखाएको भन्दै नेपालीहरुको प्रशंशा गरेका छन् । ‘पाँच वर्षअघि म नेपाली समुदाय, परिवार र भूकम्पपछि कसरी देश पुनर्निर्माण हुँदैछ भनेर हेर्न नेपाल गएको थिएँ । भवन, मन्दिर, घर र पुरै गाउँहरु ध्वस्त भएका थिए । तर, एउटा कुरा स्पष्ट थियो कि नेपालीहरुको भावना कहिल्यै कमजोर भएन । त्यहाँ एकअर्काप्रतिको सहयोगी भावनाको स्पष्ट सङ्केत देखिन्थ्यो,’ उनले भनेका छन् । 

‘कोभिड १९ का दौरान विश्व नयाँ खाले चुनौतिबाट गुज्रिरहेको छ । यो आफैंमा विध्वंशकारी र स्तब्धपूर्ण छ र मलाई यो सबै देख्दा दुःख लागेको छ, यद्यपि फेरि एकपटक नेपालीहरुको बहादुर भावना देखिएको छ,’ उनले भनेका छन्  । राजकुमार ह्यारीले अक्सफाम र गोर्खा वेलफेयरले गरिरहेको कामको प्रशंशा गरेका छन्, ‘निकै कठिन अवस्थामा समुदायलाई भाइरससँग लड्न सहयोग गरेर मानिसको जीवन जोगाउन उनीहरुले मिलेर काम गरिरहेका छन्,’ ह्यारीले भनेका छन् ।

उनले गोर्खा सैनिकहरुबाट आफू प्रभावित रहेको बताएका छन् । ‘अफगानिस्तानमा मैले गोर्खा राइफल्ससँगै सेवा गर्ने मौका पाएँ । यी सैनिकहरुबाट मैले  उनीहरुको विश्वास के हो, मान्यता के हो भनेर बुझें,’ ह्यारीले भनेका छन् ।

उनले भर्चअुल रिलेमा सहभागी हुने निर्णय गरेर सहयोग संकलनमा जुटेका सबैप्रति आभार प्रकट गरेका छन् । ट्रेलवाकरका सहभागीहरुले पैदल यात्रा गर्दै रकम संकलन गर्ने गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप