शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भेरी अञ्चल अस्पतालमा कोरोनाबाट वडाध्यक्षको मृत्यु

बुधबार, ०७ असोज २०७७, १४ : ०४
बुधबार, ०७ असोज २०७७

बाँके । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा  उपचारका क्रममा बर्दियाको बारबर्दिया नपा वडा नं ३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको आज कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले आज बिहान उपचारका क्रममा अध्यक्ष थारुको मृत्यु भएको बताए । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यसअघि कैलाली, अछाम, अर्घाखाँचीँ, सुर्खेत र बर्दियाका  कोरोना सङ्क्रमितको बाँकेमा मृत्यु भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप