शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सृजनाको ‘मेरो प्रित तिमीलाई’ सार्वजनिक

बुधबार, ०७ असोज २०७७, १५ : ३९
बुधबार, ०७ असोज २०७७

काठमाडौं । चर्चित आरजे सृजना डंगोल राम्रो गीतकार पनि हुन् । उनकै शब्द रहेको गीत ‘मेरो प्रित तिमीलाई’ सार्वजनिक भएको छ । प्रेमीले आफ्नो प्रेम बुझ्न नसकेकोमा गुनासो गरिएको गीतमा प्रेम र समर्पणको कुरा पनि गरिएको छ ।
गायिका रोजिना गुरुङको स्वर रहेको गीतमा ओक कर्माचार्यको संगीत तथा विनय गुरुङको संगीत संयोजन रहेको छ । 

न्युयोर्कको रमणीय स्थानमा छायाँकन भएको गीतको भिडियोमा गायिका रोजिनाकै अभिनय रहेको छ । भिडियो छायाँकन, सम्पादन र निर्देशक कोम कर्माचार्यले गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप