शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कपिलवस्तुमा ३७ किलो चरेससहित दुई महिला नियन्त्रणमा

बुधबार, ०७ असोज २०७७, १७ : ००
बुधबार, ०७ असोज २०७७

बुटवल । कपिलवस्तु प्रहरीले ३७ केजी चरेससहित कृष्णनगरबाट दुई जना महिलालाई नियन्त्रणमा लिएको छ ।

सो नगरपालिकाको वडा २ स्थित कृष्णनगर बसपार्कबाट शंकास्पद रुपमा भारततर्फ जाँदै गरेको अवस्थामा सो परिमाणको चरेससहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले कपिलवस्तुले जनाएको छ ।

पक्राउ पर्नेमा मकवानपुरको मनोहरी गाँउपालिका ९ की ४० वर्षीय शान्ति तामाङ्ग र साबिक रोल्पा उवा गाबिस ५ घर भइ हाल कपिलवस्तुको जिल्ला शिवराज नगरपालिका ५ बनियाभार बस्ने ३५ वर्षीय बसन्ती घर्ती रहेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । यसबारे थप अनुसन्धान भइरहेको उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप