बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कानुन विपरीत सेयर कारोबार गर्नेमाथि कारबाही

बुधबार, ०७ असोज २०७७, १७ : ०३
बुधबार, ०७ असोज २०७७

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमालयन डिस्टिलरीका पूर्वसञ्चालक रहिशा शाह श्रेष्ठ र सेयर दलाल कम्पनी इन्भेष्टमेन्ट म्यानेजमेन्टलाई कारबाही गरेको छ । 
श्रेष्ठले सूचिकृत संगठित संस्थाको संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपरीत सेयर बिक्री गरेको र ब्रोकर इन्भेष्टमेन्ट म्यानेजमेन्टले सो सेयर कारोबारमा संलग्न भएको पाइएकाले उनीहरुविरुद्ध कारबाही गरिएको बोर्डले जनाएको छ । 

ब्रोकरले ग्राहक पहिचान लगायत अन्य आवश्यक जानकारी अद्यावधिक राख्नुपर्नेमा सोको पूर्ण रुपमा पालना नगरेको भन्दै बाोर्डले छानविन गरेको थियो । बोर्डले श्रेष्ठलाई ७५ हजार जरिवाना गर्ने निर्णय गरेको छ भने ब्रोकर कम्पनी इन्भेष्टमेन्ट म्यानेजमेन्टलाई एक लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।  

शाहले २०७४ को दफा १४ को उपदफा (६) को व्यवस्था विपरीत संचालक पदबाट हटेको एक वर्ष नपुग्दै विभिन्न मितिमा हिमालयन डिष्टिलरीको शेयर बिक्री गरेको बोर्डको छानविनले देखाएको छ । सूचीकृत संगठित संस्थाको संचालकलाई गरिएको यो पहिलो कारवाही हो । बोर्डले यो कारबाहीबाट अन्य यस्ता गतिविधि नियन्त्रण हुने विश्वास गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप