बाग्लुङमा पहिरोले भत्कायो गोठ, एक जना बेपत्ता
बुधबार, ०७ असोज २०७७, १९ : ४०
बाग्लुङ । बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका–२ भीमापोखरामा गोठ भत्किँदा एक जना बेपत्ता भएका छन् । अविरल वर्षात्का कारण गोठमाथिबाट पहिरो खस्दा पालाका टेकबहादुर खातीको गोठ पुरिएको र उनी सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।
रिजालका अनुसार गोठमा रहेका दुई भैंसी मरेका छन् । घटनास्थलमा उद्धारका लागि अछेते प्रहरीचौकीबाट प्रहरी घटनास्थलमा पुगेको तथा थप उद्धारका लागि प्रहरी निरीक्षक रिजालको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै