समकालीन सात कविका 'यतै कतै' बजारमा
समकालीन सात कविका संयुक्त कविता संग्रह 'यतै कतै' बजारमा आएको छ । संग्रहमा कविहरु आरएम डंगोल, गोविन्द नेपाल, छविरमण सिलवाल, टंक उप्रेती, ठाकुर वेल्वासे, प्रोल्लास सिन्धुलीय र मणि लोहनीका ७० वटा कविता समेटिएको छ ।
आ-आफ्नो क्षेत्रमा स्थापित सातै कविहरु नेपाली कविताको शक्ति, शौन्दर्य र गाम्भीर्यप्रति सचेत देखिन्छन् । उनीहरुका कवितामा देशको पछिल्लो तस्वीर मात्र होइन यो पुस्ताले भोगेको त्रासदीपूर्ण जीवन र सम्भावनाको अनन्त उज्यालो पढ्न सकिन्छ ।
द्वन्द्वको घाउ र राजनीतिक पटाक्षेपसँगै मानिसको बााच्ने चाहना र त्यसका लागि गरिने संघर्ष कवितामा अनुभूत हुन्छ ।
विषम परिस्थिति र विसंगत समयमाथि लेखिएका अब्बल कविताहरुले नेपाली कविताका पारखीहरुलाई सन्तुष्ट पार्ने प्रकाशकको विश्वास छ । समवयी सृजन कौशलसहित चालीसदेखि पचासको दशकसम्ममा स्थापित सर्जकहरुको काव्यिक सोचको एकमुष्ट साक्षीको रुपमा 'यतै कतै' कृतिको प्रकाशन गरेको विएन पुस्तक संसार प्रालिका प्रमुख सूर्य विसीले जनाएका छन् । किताबको मूल्य तीन सय रुपैयाँ तोकिएको छ ।
कविताको क्षेत्रमा स्थापित यी सात कविहरुले 'पी सेभेन' समूह गठन गरि कविताको अध्ययन, अनुसन्धान र अनुवादका कामहरु गर्ने जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट