शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्प र शी जिनपिङको त्यो भाषण, जसमा भइरहेको छ हंगामा

बिहीबार, ०८ असोज २०७७, ०७ : ४६
बिहीबार, ०८ असोज २०७७

यसवर्ष संयुक्त राष्ट्र महासभाको ७५ औं सत्र थुप्रै तरिकाले ऐतिहासिक रह्यो । कोरोनाकालको प्रतिबन्धलाई मध्येनजर गर्दै यो बैठक भर्चुअल भयो र नेताले पहिले नै रेकर्ड गरेको भाषण पठाए ।

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले शीतयुद्धको कुरा पहिलो पटक उठाउँदै आफूहरु सबैजना योबाट बच्नुपर्ने आवश्यक भएको बताउँदा फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोंले संसारको भविष्य चीन र अमेरिकाबीच प्रतिद्वन्द्वीताको आधारमा समेट्न नहुने बताएका छन् ।

यी सबैबीच सबैभन्दा चर्चाको विषय भनेको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चीनका राष्ट्रपति शी जिनपिङको भाषण रह्यो ।

संयुक्त राष्ट्र महासभाको वार्षिक सत्रको क्रममा अमेरिका र चीनबीच तनाव खुलेर सार्वजनिक भएको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको संक्रमणका लागि चीनलाई जिम्मेवार देखाएका छन् । उनले चीनलाई यो महामारीका लागि जिम्मेवार ठहर गरिनुपर्ने माग गरेका छन् ।

अर्कोतर्फ चीनका राष्ट्रपति शी जिनपिङले आफ्नो भाषणमा उनको उद्देश्य कुनै पनि देशसँग शीत युद्ध नभएको बताएका छन् ।

पछिल्ला केही महिनादेखि चीन र अमेरिकाका थुप्रै मुद्दा सार्वजनिक भएका छन् । कोरोना संक्रमणबाहेक हङ्गकङ, ताइवान, व्यापार युद्धमा पनि दुई देशबीच टकराव छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनमाथि हमला गर्ने कुनै मौका छोडेनन् । साथै उनले आफ्नो कार्यकालको उपलब्धिको सूचीबद्ध रुपमा जानकारी दिए र आउँदो राष्ट्रपति चुनावलाई मध्यनजर गर्दै आफ्नो विरोधीलाई पनि छोडेनन् ।

के भने ट्रम्पले ?

ट्रम्पले आफ्नो भाषणमा कोरोनाभाइरसको संक्रमणका लागि चीनलाई जिम्मेवार ठहर गरे र संयुक्त राष्ट्रको स्थापनाको ७५ वर्षपछि हामी सबै एक ठूलो विश्वव्यापी संघर्षमा फैलिएको बताएका छन् ।

ट्रम्पले भने, ‘हामीले एक अदृश्य दुश्मन – चिनियाँ भाइरस– विरुद्ध एक ठूलो संघर्ष सुरु गरेका छौं जसले १८८ देशमा अनगिन्ती मानिसहरुको जीवन खोसेको छ । हामी त्यो देशबाट जवाफ चाहन्छौं जसले यो महामारीलाई संसारभरी फैलायो – र त्यो चीन हो ।’

उनले आफ्नो भाषणमा चीनले त लकडाउन र अन्य प्रतिबन्धको घोषणा गरेर आफूले आफैंलाई सुरक्षित बनाएको तर अन्य देशमा संक्रमण फैलाएको आरोप लगाए ।

ट्रम्पले भने, ‘भाइरसको सुरुवाती दिनमा चीनले घरेलू स्तरमा आवतजावतमा रोक लगाइदियो, तर उनले विमान र चीनबाट बाहिर जान दियो र संसारलाई संक्रमित बनायो । जब मैले चीनमाथि यात्रा प्रतिबन्ध लगाएँ तब चीनले यसको आलोचना गर्यो जबकि चीनले घरेलू उडानलाई रद्द गर्यो र आफ्ना नागरिकलाई घरमा बन्द राख्यो । चीनको सरकार र विश्व स्वास्थ्य संगठनले (जसमाथि वास्तवमा चीनको नियन्त्रण छ) ले झुटो घोषणा गर्दै भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलने प्रमाण नभेटिएको बतायो । पछि उनीहरुले पुनः झुट बोले कि बिना लक्षण व्यक्तिले रोग फैलाउने छैनन् ।’

अमेरिकी राष्ट्रपतिले संयुक्त राष्ट्रले चीनलाई आफ्नो त्यो कदमका लागि जवाफदेही ठहर गर्नुपर्ने माग राखेका छन् ।

ट्रम्पले आफ्नो भाषणमा कोरोना भाइरससँग जुध्ने दिशामा उठाइँदै गरेको कदमको जानकारी दिए र भ्याक्सिनको काम तीब्र रुपमा अघि बढेको र भ्याक्सिन तयार भएपछि यसको तुरुन्त वितरण गरिने जानकारी दिए ।

ट्रम्पले भने, ‘हामी भ्याक्सिनको वितरण गर्नेछौं, हामी भाइरललाई हराउनेछौं, हामी महामारीलाई नष्ट गर्नेछौं र हामी अभूतपूर्व समृद्धि, सहयोग र शान्तिको एक नयाँ युगमा प्रवेश गर्नेछौं ।’

ट्रम्पले कोरोनाभाइरस बाहेक कार्बन उत्सर्जन, गलत व्यापारिक नीति, अरुको जलसीमामा कारवाहीको मुद्दामा पनि चीनको आलोचना गरेका छन् ।

अमेरिकामा यसैवर्ष नोभेम्बरमा राष्ट्रपचि चुनाव हुँदैछ र ट्रम्पले आफ्नो भाषणमा आफ्ना थुप्रै उपलब्धिबारे जानकारी दिए र विरोधीलाई पनि घेरे ।

उनले भने, ‘हामीलाई यो पनि थाहा छ कि अमेरिकाको समृद्धि पूरा संसारको स्वतन्त्रता र सुरक्षाको आधार हो । तीन वर्षभन्दा कम समष्मा हामीले इतिहासमा सबैभन्दा ठूलो अर्थव्यवस्था खडा गर्यौं र हामी तीब्र गतिमा यहि मार्गमा अघि बढिरहेका छौं । हाम्रो सेनाको आकार निकै ठूलो छ । हामीले पछिल्लो चार वर्यामा हाम्रो सेनामाथि २.५ ट्रिलियन डलर खर्च गरेका छौं । हामीसँग संसारको सबैभन्दा शक्तिशाली सेना छन् र यसको आसपास कोही पनि छैन ।’

अमेरिकी राष्ट्रपतिले इरानमाथि प्रतिबन्ध, आइएसआईएसलाई नष्ट, बगदादी र सुलेमानीलाई मारेको कुरा पनि गरे ।

मध्य पूर्व शान्ति सम्झौतालाई ट्रम्पले विशेष रुपमा उठान गरे र पुरानो नीतिको खिल्ली पनि उडाए ।

ट्रम्पले भने, ‘दशकौंदेखि कुनै पनि प्रगति नभएपछि मध्य पूर्वमा दुई शान्ति सम्झौतासहित हामीले एक ऐतिहासिक सफलता पायौं । संयुक्त अरब इमिरेट्स र बहराइनले ह्वाइट हाउसमा एक ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर गरे । यो सम्झौतामा मध्य पूर्वका थुप्रै अन्य देश पनि समावेश हुनेछन् । यी देश तीब्र रुपमा सार्वजनिक भइरहेका छन् र उनीहरुलाई यो राम्रोसँग थाहा छ कि उनीहरुका लागि यो निकै राम्रो छ र यो संसारको लागि पनि निकै राम्रो छ । यो अभूतपूर्व सम्झौता नयाँ मध्यपूर्वको उदय हो । एक अलग दृष्टिकोण लिएर हामीले भिन्न–भिन्न नतिजा हासिल गरेका छौं – निकै राम्रो नतिजा । हामीले एक दृष्टिकोण अपनायौं र यो दृष्टिकोणले काम गरिरहेको छ । ’

उनले अमेरिका फर्स्टको कुरा गरे र मानिसहरुलाई देशलाई सधैं अगाडि राख्न अपिलसमेत गरे ।

के भने शीले ?

चीनका राष्ट्रपति शी जिनपिङले पूरा संसारलाइ शन्ति, विकास, समानता, न्याय, लोकतन्त्र र स्वतन्त्रताको मूल्यलाई कायम राख्नका लागि सबैले  हात मिलाउनुपर्ने भन्दै अपिल गरेका छन् ।

उनले कोरोनाभाइरस संक्रमणको विषयमा चीनको कदमको तारिफ गर्दै चीनले संसारभरी शान्तिको दिशामा काम गर्न चाहेको बताए ।

पहिले नै रेकर्ड गरिएको भिडियोमा शी जिनपिङले भने, ‘हामी कुराकानीमार्फत् मतभेद कम गर्न र विवाद हल गर्ने कोसिस निकाल्नेछौं ।’

कोरोनाबारे चीनका राष्ट्रपतिले भने, ‘कोरोनाभाइरसको सामना गर्दै, हामीले एकजुटता बढाउनुपर्छ ताकि हामी मिलिजुली यसलाई हराउन सकौं । हामीले विज्ञानको दिशा निर्देशको अनुसरण गर्नुपर्छ र विश्व स्वास्थ्य संगठनको प्रमुख भूमिकालाई सम्मान दिनुपर्छ । यो मुद्दालाई  राजनीतिकरण गर्न र कसैमाथि पनि दोष थोपर्ने कोसिसलाई खारेज गर्नुपर्छ ।  ’

शी जिनपिङले ७५ वर्ष अघि चीनले विश्व फासीवादी विरोधी युद्ध जित्ने ऐतिशासिक रुपमा योगदान गरेको स्मरण गर्दै संयुक्त राष्ट्रको गठनको समर्थन गरेको बताएको छ ।

उनले भने, ‘आज त्यसै जिम्मेवारीको भावनाले चीन कोभिड–१९ विरुद्ध अन्तरराष्ट्रिय संघर्षमा सक्रिय रुपमा समावेश छ । यो समयमा चीनको तर्फबाट विकसित थुप्रै भ्याक्सिन क्लिनिकल ट्रायलको तेस्रो चरणमा छन् । जब यो प्रयोगका लागि उपलब्ध हुनेछन् तब यो पूरा संसारलाई दिइनेछ ।’

चीनका राष्ट्रपति शी जिनपिङको भाषणको धेरैजसो हिस्सा कोरोनाभाइरसको नियन्त्रणमा आफ्नो भूमिका र चीनको तर्फबाट उठाइँदै गरेको कदममा केन्द्रित रह्यो । उनले आफ्नो भाषणमा चीनले थुप्रै देशलाई आर्थिक सहायत पनि दिइरहेको जानकारी दिए ।

यसबाहेक शी जिनपिङले दुई वर्षमा दुई अर्ब अमेरिकी डलरको सहायत राशिको आफ्नो बचनलाई चीनले पूरा गर्ने पनि बताए । उनले भने, ‘चीन कृषि, गरिबी कम गर्ने, शिक्षा, महिला र बालबालिकाका साथै जलवायु परिवर्तनको दिशामा काम गर्नका लागि आर्थिक मद्दत दिनेछ । यसमा आर्थिक र समाजिक विकास पनि समावेश छन् ।’

शी जिनपिङले कोरोनाभाइरसको सन्दर्भमा विकासशील देशको चिन्तामा ध्यान दिनुपर्ने बताउँदै यसबारे विशेषगरी अफ्रिकी देशको कुरा गरे । उनले अन्तर्राष्ट्रिय समुदायलाई समयमा नै थप प्रभावकारी कदम उठाउनुपर्ने बताए ।

ट्रम्पको बयानमा चीनको विदेश मन्त्रालयको तर्फबाट पनि जवाफ आएको  छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप