पाल्पामा पहिरो खस्दा पाँच जना पुरिए
बिहीबार, ०८ असोज २०७७, ०८ : १४
काठमाडौं – पाल्पाको रम्भा गाउँपालिकामा पहिरोले पाँच जना पुरिएका छन् ।
गएराती आएको पहिरोले रम्भा गाउँपालिका–२ स्थित होमबहादुर गाहाको घरमा सुतिरहेका पाँच जनालाई पुरेको खबर आएको पाल्पाका एसपी सन्तोष भट्टराईले रातोपाटीलाई बताए ।
घटनास्थल हुँगी प्रहरी चौकीबाट ३ घण्टाको दुरीमा छ । ‘५ जना पुरिएको खबर आएको छ’ एसपी भट्टराईले भने–‘हुँगीबाट पनि प्रहरी पुग्दै छ, म पनि घटनास्थल तर्फ जाँदै छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेताले भने, ‘कबीर सिंह’ गरेर पछुतो छ, निर्देशकले दिए चलचित्रबाट अनुहार नै हटाउने चेतावनी
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी
-
ट्रम्पको मुद्दा चलिरहेको अदालतबाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास
-
पिसाबमा जलन र पहेँलोपन : कसरी बच्ने ?
-
छोरी बलिउडमा आओस् भन्ने चाहँदैनन् सञ्जय
-
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा