शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्र बैंकले माग्यो ३ जना इन्जिनियर र १० जना चालक, तलब कति ?

बिहीबार, ०८ असोज २०७७, १२ : ५७
बिहीबार, ०८ असोज २०७७

काठमाडौं । नेपाल राष्ट्र बैंकले करारमा तीन जना सिभिल इन्जिनियर  र १० जना सवारी चालक माग गरेको छ । राष्ट्र बैंक केन्द्रीय कार्यालयमा दुई जना र सिद्धार्थनगर कार्यालयमा एक जना सिभिल इन्जिनियर माग गरिएको हो । 
स्नातक उत्तीर्ण गरि दुई वर्षको कार्य अनुभव भएकाले सिभिल इन्जिनियरिङ पदमा निवेदन दिन सक्ने बैंकले जनाएको छ।  योग्यता पुगेका नेपाली नागरिकले असोज २२ गतेसम्ममा आवेदन दिन सक्ने छन् । सिभिल इन्जिनियरको मासिक तलब ५९ हजार ७०० रुपैयाँसहित अन्य सुविधा तोकिएको छ । करार अवधि ६ महिनाको हुनेछ । 

यता सवारी चालक पदमा कम्तिमा १० वर्ष सवारी चालक अनुभव भएको र  ४५ वर्ष ननाघेकाले  असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् । चालकको तलब २८ हजार र खाजा खर्च २ हजार तोकिएको छ । करार अवधि ६ महिनाको हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप