बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा पहिरोले ट्रिपर र मोटरसाइकल पुर्‍यो, ५ जना घाइते

बिहीबार, ०८ असोज २०७७, १३ : ०४
बिहीबार, ०८ असोज २०७७

काठमाडौं । ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडामा पहिरोले दुईवटा ट्रिपर र एउटा मोटरसाइकल पुरेको छ ।   पहिरोले पुर्दा ट्रिपर र मोटरसाइलमा सवार ५ जना घाइते भएका छन् । 

उनीहरुमध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेक प्रसाद राईले रातोपाटीलाई बताए ।  पहिरोका कारण बाटो अवरुद्ध भएको छ । घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भईरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप