मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

गाडीसहित खोलाले बगाउँदा बेपत्ता भएका कार्यालय प्रमुखको खोजीकार्य जारी

बिहीबार, ०८ असोज २०७७, १३ : १९
बिहीबार, ०८ असोज २०७७

बुटवल । विद्युत प्राधिकरणको गाडी खोलाले बगाउँदा वेपत्ता भएकामध्ये थप एक जनाको शव फेला परेको छ । कपिलवस्तुको बनगाई–डोहोटे सडकखण्ड अन्तर्गत कोइली खोलास्थित कजवे पुलमा विद्युत वितरण केन्द्र गजहेडाका कार्यालय प्रमुखसहितका कर्मचारी सवार पजेरो जीप बुधबार खोलाले बगाएको थियो । 
 बाढीले बगाएर कार्यालय प्रमुख कृष्णप्रसाद पौडेल सहित दुई जना वेपत्ता भएकामा बिहीबार अपरान्ह २ बजे अर्घाखाचीको सितगगा नगरपालिका वडा नम्बर १३ का केशव भाट क्षेत्रीको शव फेला परेको प्रहरीले जनाएको छ । 

घटनास्थल भन्दा ६ किलोमिटर तल बणगंगा नगरपालिका वडा नम्बर ६ स्थित कपुवा भन्ने ठाउँमा शव फेला परेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौड्यालले जानकारी दिए ।
उनले बेपत्ता पौडेलको खोजीकार्य जारी रहेको पनि बताए ।

विद्युतको काम सकाएर कार्यालय फर्कदै गरेको विद्युत प्राधिकरण गजेहडा शाखाको बा. १ च.१०८९ पजेरो जीप बगाएको थियो ।

विद्युत प्राधिकरण कर्मचारीसहित ६ जना सवार सो गाडी बगाउँदा तीन जना भने हाम फालेर बाँच्च सफल भएका थिए । हिजौ नै जिप चालक गुल्मी घर भएका ३५ वर्षीय माधवप्रसाद पाण्डको मृत्यु भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप